• होमपेज
  • समाचार
  • प्रोग्रेसिभ फाइनान्सको अध्यक्षमा किशोर कुमार नियुक्त

प्रोग्रेसिभ फाइनान्सको अध्यक्षमा किशोर कुमार नियुक्त

  • बिहिबार, चैत्र १५, २०७४
प्रोग्रेसिभ फाइनान्सको अध्यक्षमा किशोर कुमार नियुक्त

प्रोग्रेसिभ फाइनान्स लिमिटेडको संचालक समितिको अध्यक्षमा किशोर कुमार महर्जन नियुक्त भएका छन् । कम्पनीको चैत्र १३ गते बसेको संचालक समितिको बैठकले अध्यक्ष मुकुन्दप्रसाद दाहालको राजीनामा स्वीकृत गरी महर्जनलाई नियुक्त गरेको हो ।

दाहालले संचालक समितिको सदस्य यथावत रहने गरी अध्यक्ष पदबाट राजीनामा दिएका थिए । महर्जनको नियुक्ति चैत्र १३ गतेबाट नै लागू भएको बताइएको छ ।

यसअघि, कम्पनीको चैत्र ११ गते बसेको संचालक समितिको बैठकले संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गरिरहेका संचालक समितिका सदस्य सिद्धिगोपाल मानन्धरको राजीनामा स्वीकृत गर्दै उक्त स्थानमा सेयरधनी किशोर कुमार महर्जनलाई नियुक्त गरेको थियो ।

नवनियुक्त अध्यक्ष किशोर कुमार महर्जनले सिभिल बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा दुई कार्यकाल पुरा गरि अवकास प्राप्त गरेका छन् । उनीसँग नेपालको बैंकिङ्ग क्षेत्रमा करिव ३३ बर्षको अनुभव रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने