• होमपेज
  • बीमा
  • आईएमई जनरल तेस्रो पटक हकप्रद निष्काशन गर्ने तयारीमा

आईएमई जनरल तेस्रो पटक हकप्रद निष्काशन गर्ने तयारीमा

  • बिहिबार, चैत्र १५, २०७४
आईएमई जनरल तेस्रो पटक हकप्रद निष्काशन गर्ने तयारीमा

आइएमई जनरल इन्स्योरेन्स ८० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव लिएर धितोपत्र बोर्ड पुगेको छ । बीमा समितिले तोकेको पूँजी पुर्याउन इन्स्योरेन्सले हकप्रदको बाटो रोजेको हो ।

हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतले हुन आउने ४३ लाख २० हजार कित्ता हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले धितोपत्र बोर्डसँग अनुमति मागेको हो । इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

५४ करोड रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको उल्लेखित हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ९७ करोड २ लाख रुपैंया पुग्नेछ । बीमा समितिले तोकेको निर्जीवन बीमा कम्पनीको एक अर्ब चुक्ता पूँजी पुर्याउन इन्स्योरेन्सले २ करोड ८० लाख रुपैंया बराबरको बोनस बितरण गर्नु पर्ने हुन्छ ।

यस अघि एनबी इन्स्योरेन्स रहेको कम्पनीले पहिलो पटक ८० प्रतिशत हकप्रद निष्काशन गरेर त्यस पछि शतप्रतिशत हकप्रद निष्काशन गरिसकेको छ । अहिले इन्स्योरेन्सले तेस्रो पटक हकप्रद बिक्री गर्न लागेको हो ।

Facebook Comments

सम्बन्धित समाचार