नेपाल लाईफ इन्स्योरेन्स (NLIC) को बुधबार शेयरमूल्य समायोजन भएको छ । नेप्सेले ४२ प्रतिशत बोनसपछि शेयरमूल्य समायोजन गरेको छ । समायोजित मूल्य अनुसार नेपाल लाइफको प्रतिकित्ता शेयरमूल्य प्रतिकित्ता एक हजार ११६ रुपैयाँ कायम गरेको छ ।
नेप्सेका अनुसार नेपाल लाइफको औसत सेयरमूल्य १६९९ रुपैयाँ छ । नेपाल लाइफले आफ्ना सेयरधनीलाई गत बर्षको मुनाफाबाट ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश पारित गर्न कम्पनीले चैत्र २८ गते अठारौं बार्षिक साधारण सभा बोलाएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ ।
साधारणसभा प्रयोजनका लागि चैत्र १४ गतेदेखि कम्पनीको शेयरधनी दर्ता पुस्तिका बन्द रहने छ ।