• होमपेज
  • समाचार
  • नेपाली चेली विश्वकै सर्बाधिक धनीहरुको सूचीमा छनौट

नेपाली चेली विश्वकै सर्बाधिक धनीहरुको सूचीमा छनौट

  • बुधबार, चैत्र १४, २०७४
नेपाली चेली विश्वकै सर्बाधिक धनीहरुको सूचीमा छनौट

विजय थापा । विश्वकै सर्बाधिक धनीहरुको सूची निकाल्ने फोर्ब्सले ‘फोर्ब्स ३० बर्ष मुनीका ३०’ २०१८ को सूचीमा नेपाली चेली कन्चन अमात्य छनौटमा परेकी छिन् ।

उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० बर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रुपमा उनको नाम राख्दै सम्मान गरेको हो । काठमाडौँ ललितपुर निवासी तथा हाल अमेरिकाको न्युयोर्क बस्दै आएकी कन्चन अमात्य पिता जगदिसमान अमात्य तथा माता कृष्ण अमात्यकी कान्छी सुपुत्री हुन् ।

२०१८ फोर्ब्सले ३० अन्डर ३० एसिया नामक उक्त सूचीमा अमात्य लगायत प्रसिद्ध व्यक्तिहरु परेका छन् । उक्त सूचीमा हिरोशी मिकितानी प्रमुख कार्यकारी अधिकृत (सीईयो), राकुटेन, सिनो भेसन उद्यमका काइ फु लि, संगीत निर्देशक, कलाकारहरु लगायत अन्य प्रतिष्ठित व्यक्तिहरु छन् ।

अमात्यका अनुसार ः– ‘विश्वभरका लाखौं महिलाहरू भेदभावको सामना गर्छन् र आजका अवसरहरूलाई कम पारिदिन्छन्। यो मान्यता मलाई महिलाहरुको लागि सक्रिय, सुरक्षित र निष्पक्ष रुपमा भाग लिनको लागि नयाँ अवसर सिर्जना गर्न मेरो यात्रामा लड्नको लागी प्रेरणा दिएको छ । तिनीहरूलाई गरिबीबाट बचाउन मद्दत गर्दछ ।

बिघटन तथा नविन पद्धति नामक बिषय वस्तु तय गरिएको यस बर्षको सूचि बिशेषताका ३ सय खेल परिवर्तन गर्ने ३० बर्ष तल उमेरकालाई १० वर्गमा विभाजित बनाइएको थियो । जसले परम्परागत ज्ञानलाई चुनौती दिदै भावी पिढीहरुका लागि नियमहरुको पुनः लेखन गर्ने रहेको थियो । उक्त १० वर्गमा कला, मनोरञ्जन तथा खेलकुद, वित्तीय तथा उद्यम पूँजी, सञ्चार, बजारीकरण तथा बिज्ञापन आदि रहेका थिए ।

२३ बर्षिय अमात्य युवा नेपाली सामाजिक उद्यमी हुन । उनी हाल युएन महिला ग्लोबल च्यामपियन फर वुमेन ईमपावर मेन्ट एन युएन जिरो हंगर च्यामपियन छन् ।

कन्चन अमात्य

अमात्य विल क्लिन्टन फाउन्डेसन संस्था अन्तर्गत नेपालमा संचालित दिर्घकालिन माछा पालन स्थापना कि संस्थापक तथा कार्यकारी निर्देशक पनि हुन् ।

सो संस्थाले खाद्यान्नको असुरक्षा र दिर्घकालिन जल संस्कृति गरीबीको समाधान गर्न मद्धत गर्दछ । त्यति मात्र नभई ग्रामिण महिलाहरुलाई बित्तिय सहयोग, प्रबिधि, स्थानीय पूँजी प्रदान गर्नुको साथै आफ्नै स्वामित्व साना उद्यम संचालन गर्न तालिम समेत दिने समेत गर्दछ ।

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा संचालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कन्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरेको थियो । उक्त सम्मान अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा फाउन्डेसनको १० औ बार्षिक उत्सवमा सम्मान गरेको थियो ।

अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी हुन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् ।

यसै गरि अमात्य गत बर्ष २०१७ ‘एभ्रिडे योङ्ग हिरो अवार्ड’बाट सम्मानित भएकी थिइन् भने उक्त पुरस्कार युथ सर्विस अमेरिकाले आयोजना गरेको थियो । यसै गरि बेलायत को इम्प्याक्ट ईस्क्वार्ड ले गरेको एक सय जना को सूचीमा २५ बर्ष मूनिका युवा नेतृत्वहरुको सूचीमा कन्चन अमात्य छनौट भएकी थिइन् ।

यसै गरि महिला आर्थिक मंचले गत अप्रिल महिनामा अमात्यलाई ‘२०१८ योङ्ग लिडर्स अवार्ड’बाट पुरस्कृत गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार