• होमपेज
  • समाचार
  • पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई प्राथमिकता

पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई प्राथमिकता

  • मङ्लबार, चैत्र १३, २०७४
पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई प्राथमिकता

सरकारले लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई अगाडि बढाउन भारत सरकारसँग विशेष आग्रह गर्ने भएको छ ।

सरकारले विगत २२ वर्षदेखि चर्चामा मात्रै सिमित रहेको सो आयोजनालाई सरकारले विशेष प्राथमिकतामा राखेको भन्दै तत्काल विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)लाई समेत टुंगो लगाउनुपर्नेमा जोड दिएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई नेपाल र भारतको नमूना परियोजना बनाउने गरी अगाडिको कार्ययोजनासमेत तयार पार्नुपर्ने बताउनुभयो ।

मन्त्री पुनसँग शिष्टाचार भेटमा नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले पनि भारत सरकारले सो आयोजनालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

ऊर्जा मन्त्रालयमा आज मन्त्री पुन र भारतीय राजदूतबीच भएको भेटवार्तामा नेपालले आयात गरिरहेको विद्युत् र नेपाल भारत सम्बन्धका बिबिध विषयमा कुराकानी भएको ऊर्जा मन्त्रीका सचिवालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)