• होमपेज
  • समाचार
  • सेतो मच्छेन्द्रनाथ रथ यात्रा शुरु

सेतो मच्छेन्द्रनाथ रथ यात्रा शुरु

  • आइतवार, चैत्र ११, २०७४
सेतो मच्छेन्द्रनाथ रथ यात्रा शुरु

चैत्र शुक्ल अष्टमीका दिन शुरु गरिने सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा शुरु भएको छ । चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई आज तानेर असनसम्म पुर्याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्याइन्छ ।

काठमाडौँको तीनधारा पाठशालाबाट शुरु भएको सेतो मच्छिन्द्रनाथको रथ यात्रा घण्टाघर अगाडि ल्याई पु¥याउँदै स्थानीय जात्रालु तथा गुठीयारहरु । तस्बिर ः रासस

चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ । यसरी चैत १५ गते सेतो मच्छेन्द्रनाथको रथ यात्रा सकिने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख बैकुण्ठ रेग्मीले जानकारी दिए ।

यसवर्ष रथ निर्माणका लागि रु चार लाख र रथयात्रा चलाउने एवं मच्छेन्द्रनाथको पूजाआजा चलाउने रैरकमीलाई खानगीलगायत शीर्षकमा रु चार लाख बजेट व्यवस्था गरिएको उहाँले बताए ।

मच्छेन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ । यसपछि घर घरमा भोज खाने चलन छ । यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ ।

आइतबार बिहान अष्टमी हुँदा नै सूर्योदय हुने भएकाले सेतो मच्छेन्द्रनाथको रथयात्रा पनि आजै शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेका पात्रोमा उल्लेख गरिएको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

मनाइयो चैते दशैँ र रामनवमी 

चैत्र शुक्ल अष्टमीका दिन आज शक्तिपीठमा पूजा आराधना गरी चैते दशैँ पर्व मनाइएको छ । यस अवसरमा आज दिनभर उपत्यकालगायत देशभरका देवीको मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

असोजमा मनाइने बडादशैँ जति भव्य रुपमा नमनाइए पनि चैते नवरात्रमा साधना गर्नेहरुले देवीको पूजा, दुर्गा सप्तशती ९चण्डी०, देवी भागवत्, देवी स्तोत्र, कालिका पुराण आदि पाठ गर्छन् ।

यस अवसरमा उपत्यकाका शक्तिपीठ भद्रकाली, नक्साल भगवती, गुह्येश्वरी, शोभा भगवती र उपत्यका बाहिर गोरखाको मनकामना, काभ्रेपलाञ्चोकको पलाञ्चोक र नाला भगवती लगायतमा भक्तजनको भीड लागेको थियो ।

यसैगरी चैत्र शुक्ल नवमीमा मनाइने रामनवमी पर्व पनि आजै देशभरका श्रीरामचन्द्र मन्दिरमा श्रद्धा भक्तिसाथ पूजा आराधना गरी मनाइयो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा