गजल

  • आइतवार, चैत्र ११, २०७४
गजल

गजल

बस्छन् लुट्ने दिन गनि कठैबरा मेरो देश।
भन्दे भैगो गर्छु भनि कठैबरा मेरो देश।।

नौलोखाका कोर्दैगर्दा इतिहासले धिकारेसी,
ज्यूनै पर्ने कठोर बनि कठैबरा मेरो देश।

नगरेर पछि पर्यौ सबलाई चाहिने मोजआराम,
खोज्यो भने सबथोक छनि कठैबरा मेरो देश।

दिनैपिच्छे बिदेशीत्यो पहिरनले गाज्न पुग्यो,
भुल्दै जान्छ संस्कार पनि कठैबरा मेरो देश।

बिजुली र पिऊने पानी किन्नुपर्छ बिडम्बना,
जलस्रोतमा दोस्रो धनि कठैबरा मेरो देश।

#रामकुमार श्रेष्ठ’फुच्चे’
सूर्यपाल,लमजुङ
(हाल-मलेसीया)

Facebook Comments

सम्बन्धित समाचार