• होमपेज
  • समाचार
  • गरिमा विकास बैंकको नाफा १८ करोड पाँच लाख

गरिमा विकास बैंकको नाफा १८ करोड पाँच लाख

  • सोमवार, माघ ८, २०७४
गरिमा विकास बैंकको नाफा १८ करोड पाँच लाख

 

गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड पाँच लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव १७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा गरिमाले १५ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब ५३ करोड ४८ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकको जगेडाकोष २४ प्रतिशतले घटेर ४६ करोड ९९ लाख रुपैयाँ पुगेको छ । निक्षेपमा ३०।१९ प्रतिशत वृद्धि गरी १७ अर्ब ४० करोड ७७ लाख ७९ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ३४।६३ प्रतिशतले वृद्धि गरी १५ अर्ब ७५ करोड ४९ लाख ७६ हजार रुपैयाँ लगानी गरेको छ । बैंकको संचालन मुनाफा २८ करोड तीन लाख तीन हजार रुपैयाँ र खुद व्याज आम्दानी ४३ करोड ७९ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

यो अवधिमा ३४ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा पाँच करोड ६० लाख रुपैयाँ राखेको छ । पुस मसान्तसम्ममा गरिमा विकास बैंकको निष्कृय कर्जा शुन्य दशमलव ४७ प्रतिशत, जोखिमयुक्त सम्पत्ति २१ दशमलव ३७ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १४ दशमलव २५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १३ दशमलव ६२ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १८ दशमलव ५४ रुपैयाँ र तरलता अनुपात २७ दशमलव ९१ प्रतिशत रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा