एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको सुबिधालाई मध्य नजर गर्दै आफ्नो सेवालाई थप प्रविधीमुलक बनाउदै भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहक महानुभावहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सक्नुहुनेछ ।
भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर Application मार्फत एन आई सी एशिया बैंकको Public Account लाई Subscribe गरी यस बाट आवश्यक जानकारी लिन सक्नुहुनेछ ।
भाइबर बैकिङ्ग सेवा मार्फत ग्राहकहरुले एन आई सी एशिया बैंकको शाखा कार्यालयहरु तथा एटिएम संञ्जालहरु बारे जानकारी, Loan Eligibility Checking, Online Account Opening, बैकिङ्ग समय सम्बन्धि जानकारी, बिदेशी बिनिमयदर सम्बन्धि जानकारी, Interest Rate सम्बन्धि जानकारी एवं बैंक सम्बन्धि अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सक्नुहुनेछ ।
त्यस्तै गरी, एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुले भाइबर बैकिङ्ग सेवा मार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सक्नुहुनेछ ।