• होमपेज
  • समाचार
  • शिखरको विन्टर सेल मेलामा भिड

शिखरको विन्टर सेल मेलामा भिड

  • आइतवार, पुस ३०, २०७४
शिखरको विन्टर सेल मेलामा भिड

शिखर सुजले राजधानीको भृकुटीमण्डपमा लगाएको विन्न्टर सेल मेलामा जुत्ताचप्पल किन्न सर्वसाधारणको थामिनसक्नु भिड लागेको छ । एक सातादेखि भइरहेको मेलामा पछिल्लो समय जुत्ताचप्पल किन्न सर्बसाधारणको भिड बढ्दै गएको छ । जुत्ता उत्पादकहरुबीच सेल मेला गर्न दिने कि नदिने भन्ने विवाद उत्कर्षमा पुगेपछि अब यस्तो मेला नहुने हो कि भन्ने आशंकाले उपभोक्ता सस्तोमा जुत्ताचप्पल किनिहाल्न मेलामा ओइरिएको अनुमान गरिएको छ ।

शिखरको सेल मेलामा शनिबार र आइतबार खुट्टा राख्ने ठाउँ थिएन । मेलामा सस्तो जुत्ता किन्न बाटैदेखि लाइन लागेको थियो । शिखरले भृकुटीमण्डपमा मेला गर्ने भएपछि जुत्ता उत्पादक संघका पदाधिकारीले अबरोध गर्ने प्रयास गरेका थिए । उनीहरुले सुरुमा मेला स्थलमा टेन्ट टाँग्न नदिने अडान लिएका थिए ।

मेला सुरु भएपछि उनीहरुले खुद्रा ब्यापारीका नाममा केही ब्यक्तिलाई उतारेर मेला स्थलमा धर्नासमेत दिएका थिए । मेला स्थलको स्वामित्व लिएको समाज कल्याण परिसदलाई शुल्क तिरेर बुक गरिसकेकाले जुत्ता उत्पादक सँघको विरोधले मेला गर्न कुनै असर परेन ।

शिखरले मेलामा फ्यक्ट्रीकै मूल््यमा जुत्ताचप्पल उपलब्ध गराएको छ । शिखरले जुत्ताचप्पलमा ७० प्रतिशतसम्म छुट दिएको छ । शिखर जुत्ताचप्पल उत्पादनमा मुलुककै उत्कृष्ट ब्राण्डका रुपमा चिनिएको छ । त्यसमा पनि सस्तोमा पाएपछि उपभोक्ता खरिद गर्न लाम लागेका हुन् ।

बजारमा ५ सय रुपैयाँ प्रतिजोरमा बिक्री हुने महिलाका चप्पल मेलामा दुई जोर ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । बजारमा १३ सय रुपैयाँसम्म पर्ने स्कुले विद्यार्थीको जुत्ता मेलामा ५ सय रुपैयाँ प्रतिजोर, युवाले रुचाउने कन्भर्स डिजाइनको पाण्डा सुज प्रतिजोर ४ सय रुपैयाँदेखि ६ सय रुपैयाँमा दुई जोरसम्म उपलब्ध छ । कपडाको न्यानो टिम्स सुज ५ सय रुपैयाँमा दुई जोर उपलब्ध गराइरहेका छौं ।

यस्तै बजारमा ७ सय रुपैयाँ पर्ने क्याजुअल सुज ४ सय रुपैयाँमा, बजारमा १५ सयदेखि २५ सय रुपैयाँ पर्ने स्पोर्टस सुज मेलामा १ हजार रुपैयाँमा, बजारमा २५ सयदेखि ३५ सय रुपैयाँसम्म पर्ने जुत्ता मेलामा १५ सय रुपैयाँमा उपलब्ध गराएको छ । मेलामा ग्राहकले अविश्वसनीय मूल्यमा जुत्ताचप्पल पाइरहनु भएको छ । मेलामा झण्डै ६ सय थरी डिजाइनका जुत्ताचप्पल राखिएको छ । यसले गर्दा उपभोक्ताले भेराइटी बीच छानेर किन्न पाउने छन् ।

मेलामा सस्तो जुत्ता पाएकाले आफूलाई मात्र किन्न आउनेले परिवारका सबै सदस्यलाई किनिरहेका छन् ।शिखरले सेल मेला लाएको सुनेर राजधानी बाहिररहेका आफन्तको आग्रहमा जुत्ता किन्न आउनेहरु पनि धेरै छन् । मेला आगामी माघ ६ गतेसम्म चल्ने छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि