• होमपेज
  • समाचार
  • एनसेल मेला २०७४ भव्यरुपमा सम्पन्न

एनसेल मेला २०७४ भव्यरुपमा सम्पन्न

  • शनिबार, पुस २९, २०७४
एनसेल मेला २०७४ भव्यरुपमा सम्पन्न

एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल मेला २०७४ शनिवार जाउलाखेल, ललितपुरमा आयोजना पश्चात बिट मारेको छ । ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हँुदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न, कम्पनीले पोखरा, विराटनगर र ललितपुरमा एनसेल मेला आयोजना गरेको हो ।

तीनै शहरहरुमा हजारौको संख्यामा दर्शक तथा आगन्तुकहरुले सहभागिता जनाई गीत(संगीत, फोरजी थिममा आधारित गेमहरु लगायत विविध क्रियाकलावहरुबाट भरपुर मनोरञ्जन लिएका छन् । एनसेल मेला पुष ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा, पुष १५ गते विराटनगरको हाटखोलामा र पुष २९ गते ललितपुरको जावलाखेल फुटबल मैदानमा आयोजना गरिएको थियो ।

मेलामा आगन्तुकहरुको भरपुर मनोरञ्जनका लागि प्रख्यात कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुति, फोरजी थिममा आधारित विभिन्न गेमहरु, किड्स जोन, जादु र फुड स्टलहरु लगायत विविध रोचक क्रियाकलापहरु समावेश गरिएका थिए ।

मेलाको मुख्य आकर्षण कन्सर्ट रहेको थियो । मेलामा कलाकारहरु जस्तै शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), अनि सांगीतिक समुहहरुमा कबवेभ र द एज ब्याण्डले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । दर्शकहरुले उनीहरुको प्रस्तुतिसँगै नाच्दै झुमेका थिए । रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागिताले मेलामा आकर्षण थपिएको थियो ।

“एनसेल मेला २०७४ मा उत्साहजनक रुपमा सहभागी भई मेलालाई सफल बनाउनु भएकोमा हामी हाम्रा सबै ग्राहक तथा शुभचिन्तकहरु प्रति आभारी छौं,” एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने ।

मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका थिए । बालबालिकाले ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणको मजा लिएका थिए । स(साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा जुनियर सिङ्गिङ्ग आइडल प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

मेलामा आगन्तुकहरुले फोरजी थिममा आधारित विभिन्न आकर्षण गेमहरु जस्तै पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस खेलेर मनोरञ्जन लिएका थिए । त्यसैगरी मेलामा अन्य गेमहरु फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरु पनि रहेका थिए । आगन्तुकहरुले विभिन्न गेम स्टलहरुमा पुरस्कारहरु पनि जित्न सफल भएका थिए ।

एनसेल मेला २०७४ पुष २२ गते बुटबलमा पनि आयोजना गर्ने कार्यक्रम रहेको थियो । यद्यपि विषेश परिस्थितीका कारण कम्पनीले सो कार्यक्रम रद्द गर्नुपरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा