• होमपेज
  • अन्तरवार्ता
  • बैंक अर्थतन्त्रको मुटु हो

बैंक अर्थतन्त्रको मुटु हो

  • शनिबार, पुस २९, २०७४
बैंक अर्थतन्त्रको मुटु हो

८ वर्ष अगाडि स्थापना भएको मेगा बैंक नेपाल लिमिटेड अहिले सिइओ विहीन छ । अनुपमा खुञ्जेलीले का.मु. सिइओ भएर बैंक हाक्नु भएको छ । पहिलो र दोस्रो दुवै पदमा महिला बैंकर भएको मेगा बैंकमा हामीले यसपटक भित्री कुरा जान्न
चाह्यौं । हामीले मेगा बैंकका डिजीएम रविना देशराज श्रेष्ठलाई सोेध्यौः– बैंक अनिल शाहको भिजनले चलेको भनिन्छ नि ? उहाँको उत्तर थियोः– भिजन उहाँकै थियो तर हामीले ८ वर्षदेखि उहाँलाई साथ दिएर बैंकलाई यहाँसम्म पुर्यायौं । २७ वर्ष बैकिङ क्षेत्रमा बिताउनु भएकी मेगा बैंकका डिजिएम रविना देशराज श्रेष्ठ आफैमा चर्चित नाम हो ।

चिनाइराख्नु पर्दैन । देश विदेशबाट दर्जनौ अवार्डसमेत पाउनु भएकी श्रेष्ठसँग हामीले बैंकको पछिल्लो वित्तीय अवस्था पूँजी बृद्धिसँगै लगानीका चुनौती, महिला नेतृत्वको हातमा मेगा बैंक र स्थानीय तहमा बैंकको पहुँचको बारेमा पत्रकार भुपेन्द्र आचार्यले गरेको लामो कुराकानीको केही महत्वपूर्ण अंशः सम्पादक

मेगा बैंक नेपाल लिमिटेडको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
मेगा बैंकको वित्तीय अवस्था अत्यन्तै राम्रो छ । ८ वर्ष मेगा बैंकले राम्रो प्रगती गरेको प्रस्टै छ । बजारमा अरु पछिल्ला बैंकहरुमा हामी अगाडि नै छौ जस्तो मलाई लागेको छ । त्यसकारण म खुसी नै छु र मेगा बैंकमै छु ।

हालै मेगा बैंकले राइट शेयर जारी गरी ८ अर्व चुत्ता पुँजी पुर्याएको अवस्था छ । तर अहिले बैंक सिइओ विहीन छ । यसलाई चाँहि कसरी लिनु भएको छ ?
८ अर्व पुर्याउनु पर्ने निर्देशन थियो । यो पुरा भएको छ । त्यो अनिल शाहजीको कार्यकालमा नै सम्झौता भइसकेको थियो । अहिले कामु सिइओ अनुपमा खुञ्जेली हुनुहुन्छ । अनुपमाजी राम्रो हुनुहुन्छ । अनुपमाजी र म ८ वर्षदेखि मेगा बैंकमै छौं, खुशी पनि छौं । बैंक एउटा सिस्टममा गएको छ । त्यसकारण आत्तिनु पर्ने कारण नै छैन ।

पछिल्लो समय स्थापना भएका बैंकहरुमा मेगा बैंकले राम्रो प्रगती र उन्नती गरेको देखिन्छ । यसको श्रेय कसलाई जान्छ ?
मेगा टिमलाई श्रेय जान्छ । बोर्डलाई दिनु पर्दछ । साथै सबै सिनियर र जुनियर स्टाफलाई नै जान्छ । त्यसपछि हाम्रा लाखौ ग्राहक, शेयरधनी प्रमोटरको मायाबाटै हामी यहाँसम्म आइपुगेका छौं । हामी अरु बैंक भन्दा फरक छौं । त्यसकारण पनि पछिल्ला बैंकहरुमा हामी सबै कुरामा अगाडि छौं । हामीले राम्रो गरेका छौं । नाफा राम्रो छ । पुँजी ८ अर्ब पुगेको अवस्था पनि छ । हामी सबै कुरामा अगाडि छौं ।

ब्याजदर बजारले निर्धारण गर्ने हो । बैंकहरुले होइन, हामीले १२/१३ प्रतिशतमा डिपोजिट लिएर १३/१४ प्रतिशतमा कर्जा दिनु पर्ने अवस्था पनि आयो । बैंकहरुले जनताको पैसा लिएर जनतालाई नै कर्जा दिने हो । बैंक भनेको लामो व्यवसाय
हो । विश्वासको व्यवसाय हो । त्यसकारण व्याजदर घटबढ भइरहन्छ ।

नेपालको बैंकिङ इतिहासमै मेगा बैंक महिलाहरुको नेतृत्वमा आएको छ । अब यो बैंक हाक्ने योजना तपाईंहरुमा के के छन् ? 

हाम्रो योजना बैंकलाई अझै उचाईमा पु¥याउने, बोर्डले अुपमाजीलाई कामु सिइओ दिएको छ । यसमा म खुशी छु । हामी मिलेर काम गर्ने हो । हामी दुवै जना बैंकिङ क्षेत्रमा २७ वर्ष बिताएका छौं । अनिल शाहजी हुँदा पनि हामी उच्च व्यवस्थापन भित्रै बसेर काम गरेका थियौं । महिलाहरुले ठाउँ पाउनु पर्दछ । हाम्रो बैंकमा अनुपमाजीले पाउनु भएको छ । म खुशी छु ।

हामी पहिलो र दोस्रोमा दुवै महिलाले मेगा बैंक हाक्न पाउँदा म गर्भ गर्दछु । निमित्त सिइओ भएर अनुपमाजी नेपालको वाणिज्य बैंकको इतिहासमै पहिलो महिला हुनु भएको छ । यो सबै नेपाली महिलाहरुको लागि खुशीको कुरा हो । मेरो कुरा नगरौं । मेरो उहाँलाई समर्थन छ । यहाँसम्म आएका छौं । राजनीतिक अवस्था पनि अहिले राम्रो देखिँदैछ । सबै कुरा अब राम्रा होलान् जस्तो मलाई लागेको छ ।

तपाईंले भने जस्तो मेगा बैंकले हलोदेखि हाइड्रोसम्म र नानीदेखी लागेको बानी जस्ता प्रोडक्ट बजारमा ल्याएको कारण बैंकले प्रगति गरेको हो कि ?
हामीले जुन खालको योजना ल्याएका छौं, त्यसको परिणाम हो । अर्काे कुरा हलोदेखि हाइड्रोसम्म र हामीले पाएको अवसरलाई क्याच गर्नु नै यो प्रगती हो जस्तो मलाई लागेको छ ।

अब प्रसंग बदलौ, बैंकरहरुमा अहिले तरलता अभाव खासै छैन । केही समय अगाडि थियो तर बैंकहरुले व्याजदर नघटाउनुको मुख्य कारण के होला ?
ब्याजदर बजारले निर्धारण गर्ने हो । बैंकहरुले होइन, हामीले १२/१३ प्रतिशतमा डिपोजिट लिएर १३/१४ प्रतिशतमा कर्जा दिनु पर्ने अवस्था पनि आयो । बैंकहरुले जनताको पैसा लिएर जनतालाई नै कर्जा दिने हो । बैंक भनेको लामो व्यवसाय
हो । विश्वासको व्यवसाय हो । त्यसकारण व्याजदर घटबढ भइरहन्छ ।

हामीले लगानीकर्तालाई नाफा दिनु पर्यो । स्टाफ पाल्नु पर्यो । त्यसकारण बैंकहरुको एउटा तार्गेट हुन्छ । त्यो पूरा गर्नु पर्यो । त्यसकारण समय अनुसार अगाडि बढ्नु पर्दछ ।

राष्ट्र बैंकले स्थानीय तहमा बैंक पुर्याउन तपाइँहरुलाई निर्देशन दिएको छ । तपाईंको बैंकको कहाँ–कहाँ  शाखा स्थापना हुँदैछन् ?
अहिले ४९ शाखा र २ वटा एक्सटेन्सन काउण्टर छन् । पूर्वदेखि पश्चिमसम्म हामी शाखा खोल्दै छौं । धेरै ठाउँमा शाखा हामी चाँडै खोल्दै छौं । यसले स्थानीय तहमा बैंकिङ पहुँच पुग्ने प्रस्टै छ ।

अब देशमा स्थीर सरकार बन्ने संकेत देखिन्छ । यसले अर्थतन्त्रमा के कस्तो प्रगति होला ?
अब पनि विकास भएन र अर्थतन्त्रले प्रगति नगरे कहिले गर्ने ? जुन किसिमले झण्डै २ तिहाई मत आएको छ, यसले सबै कुरामा प्रगति हुनुपर्दछ । यो सकारात्मक संकेत हो । जनताको मतलाई सबैले मान्नुपर्दछ । राजनीतिमा स्थिरता भयो भने सबै कुरा अगाडि बढ्ने निश्चित छ ।

फेरि प्रसंग बदलौं, तपाईंले दर्जनौ अवार्ड पाउनु भएको छ । यो बैंकर भएरै पाउनु भएको हो कि अरु केही भएर ?
बैंकर भएर बेफाइदा मलाई भएको छैन । जुन किसिमको अवार्ड मैले पाएको छु, त्यसबारेमा मेरो जीवनमा मैले कसरी काम गरेको छु । यसबारेमा अन्तर्राष्ट्रिय जगले अध्ययन गरी मलाई अवार्ड दिएको हो । अवार्डहरु भारतमा र कोरियामा मैले पाएँ । ती सबै बैंकर भएर होइन । तर बैंकरले ‘प्लस पोइन्ट’ भएको छ । कति ठाउँमा नेपाल चिनाउने मौका समेत मैले पाएँ । यो सबैको लागि खुशीको कुरा नै हो ।
अनिल शाहको भिजनले यहा“सम्म आएको मेगा बैंकलाई अझै मजबुद र दरिलो बनाउने तपाईंहरुको योजना के के छन ?
अनिल शाहजीको भिजनमा हामीले साथ दिएर नै बैंक यहाँसम्म आएको सत्य हो । हाम्रो ‘हलो देखि हाइड्रो’ प्रोडक्टले सबै नेपाल समेटेको छ । अनिल शाह अब यहाँ हुनुहुन्न । तर उहाँकै भिजनले बैंक यो ठाउँसम्म आयो उहाँलाई हामी धन्यवाद नै दिन्छौं । अब नयाँ नयाँ लगानीका योजना ल्याउनु जरुरी छ ।
८ अर्बको बैंक मेगा बैंक बनेको छ । अब लगानीका चुनौती पनि बढेका छन् । यसलाई चाँहि कसरी लिनु भएको छ नि ?
चुनौती छ पक्कै थपिने छन् । ठाउँ खोज्नु पर्यो । फराकिलो बनाएर लैजानु पर्दछ । अब बाटो बन्ला, उर्जा बन्ला यी सबै ठाउँमा बैंकहरुले लगानी गर्ने हो । विदेशीले ठेक्का लिए पनि बैंकले एलसी खोलिदिनु पर्ला । त्यसकारण राजनीतिक स्थिरता हुने वित्तिकै धेरै अवसर हामीमा आउने छन् समयले नै देखाउने छ ।
तपाईंले यति धेरै कुरा गरिरह“दा अहिलेको अवस्थामा ४० प्रतिशत जनताले मात्रै बैकिङ पहु“चमा छन् यो बढाउन के गर्नु पर्ला ?
मेरो बैकिङ क्षेत्रमा २७ वर्ष भयो । यो बीचमा अहिले धेरै बैकिङ पहुँच बढेको छ । हामी गाउँघर पुग्नै पर्दछ । स्थानीय निकाय पुग्दै पर्दछ । हामीले जनतालाई सेवा दिने हो । त्यसकारण राज्यले बिजुली, बाटो, इन्टरनेट जस्ता कुरा दिनुप¥यो । हामी दुर्गम क्षेत्रमा जाने छौं ।

अनिल शाहजीको भिजनमा हामीले साथ दिएर नै बैंक यहाँसम्म आएको सत्य हो । हाम्रो ‘हलो देखि हाइड्रो’ प्रोडक्टले सबै नेपाल समेटेको छ । अनिल शाह अब यहाँ हुनुहुन्न । तर उहाँकै भिजनले बैंक यो ठाउँसम्म आयो उहाँलाई हामी धन्यवाद नै दिन्छौं । अब नयाँ नयाँ लगानीका योजना ल्याउनु जरुरी छ ।

दुर्गम क्षेत्रमा शाखा रहित बैंकिङ पुर्याएका छौं । अरु बैंक भन्दा यसमा हामी अगाडि छौं । सबै कुरा व्यवस्थित हुने वित्तिकै हामी दूरदराज गाउँमा पुग्ने छौं ।

एउटा उदाहरण दियौं–एउटा चप्पल मार्केटिक गर्ने एउटा गाउँमा पुगेछ र उसले भनेछ गाउँमा चप्पल कसैले लगाउँदैन भनेर
आएछ ।

अर्को मान्छे फेरि गएर हेरेछ र भनेछ त्यहाँ कसैले जुत्ता चप्पल लगाउँदा रहेछन् तर म त्यहाँ अवसर देख्दछु । म पहिलो होइन पछिको मार्केटिङ हँु । त्यसकारण मेगा बैंक यस्तो अवसर खोजी रहेको छ ।

तपाईंले यति भन्दा पनि अधिकाशं बैंकहरुले कृषि र विपन्न वर्ग कर्जामा लगानी नगरी बसेको अवस्था छ नि ?
यो कर्जा प्रवाह हुन पर्दछ । बैंक आर्थिक सेवा दिन बसेको संस्था हो तर नाफा कमाउनु पर्दछ बैंक भनेको आर्थिक क्षेत्रको मुटु हो । मुटु चलाउनु पर्दछ । अर्काे कुरा विदेशमा गएका नेपाली फकाउनु पर्दछ । उनीहरुलाई विदेश नजाने वातावरण हामीले बनाउनु पर्दछ । रोजगारीका अवसर दिनु पर्यो । यसका लागि सोचमा परिवर्तन गरिनु पर्दछ । देश हामीले बनाउने हो यो बुझ्नु जरुरी छ ।


अन्त्यमा शेयरधनी, प्रमोटर, लगानीकर्ता, ग्राहक र कर्मचारीहरुलाई के भन्नुहुन्छ ?
मेगा बैंक एउटा मजवुद र स्थापित बैंक हो । बैंकको सोच राम्रो छ । लक्ष्य राम्रो छ । व्यक्ति परिवर्तन हुँदैमा बैकलाई फरक पर्दैन ।

बैंक एउटा सिस्टममा गएको छ । जुन विश्वासले हामीलाई सेवा गर्ने मौका यहाँहरुले दिनु भएको छ । यसमा हामी खुशी छौं । नयाँ नेतृत्व आउँदा नयाँ कुरा पनि हामी बजारमा ल्याउने छांै । मेगा बैंकमा मेरो पनि भविष्य जोडिएको छ । त्यसकारण सबैको बैंक मेगा बैंक बनाउने हो । हामीलाई सधैं सेवा गर्ने मौका दिनु हुन सबैमा आग्रह गर्दछु । आर्थिक बजार मासिक

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा