• होमपेज
  • समाचार
  • बैंक अफ काठमाण्डूको नयाँ शाखा थप

बैंक अफ काठमाण्डूको नयाँ शाखा थप

  • बिहिबार, पुस २७, २०७४
बैंक अफ काठमाण्डूको नयाँ शाखा थप

बैंक अफ काठमाण्डू (Bank of Kathmandu Ltd.) ले विराटचोक तथा इमाडोलमा नयाँ शाखा स्थापना गरेको छ । विराटचोक शाखा बैंकका सञ्चालक प्राडा हेमराज सुवेदी तथा इमाडोल शाखा अर्का सञ्चालक सञ्जयबहादुर शाहले उद्घाटन गर्नुभयो।

आर्थिक वर्ष २०७४/७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप ६९ दशमलव १५ अर्ब परिचालन गरी कुल कर्जा ६२ दशमलव ३३ अर्ब रुपैयाँ प्रवाह गरेको छ। हाल बैंकले ७५ शाखा, ६७ एटीएम, ८ वटा एक्टेन्सन काउन्टर तथा १७ शाखारहित बिन्दूबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

Facebook Comments

सम्बन्धित समाचार