• होमपेज
  • अर्थ/वाणिज्य
  • एन आई सी एशिया बैंकको थप २ नयाँ शाखा

एन आई सी एशिया बैंकको थप २ नयाँ शाखा

  • आइतवार, पुस २३, २०७४
एन आई सी एशिया बैंकको थप २ नयाँ शाखा

एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु, कमलामाई नगरपालिका वडा नं. ०६, सिन्धुलीमाडी, सिन्धुली र बेसीशहर नगरपालिका वडा नं ०७, बेसीशहर, लम्जुङ्गमा एक समारोहका बिच् औपचारिक रुपमा समुद्घाटन सुसम्पन्न भयो ।

सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेश कुमार श्रेष्ठबाट सिन्धुली शाखाको र लम्जुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाबाट बेसीशहर शाखाको औपचारिक रुपमा समुद्घाटन सम्पन्न भएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा