• होमपेज
  • Uncategorized
  • वाम गठबन्धन फुटाउने सपनानदेख्न कांग्रेसलाई चेतावनी

वाम गठबन्धन फुटाउने सपनानदेख्न कांग्रेसलाई चेतावनी

  • बिहिबार, पुस २०, २०७४
वाम गठबन्धन फुटाउने सपनानदेख्न कांग्रेसलाई चेतावनी

नेकपा एमालेकावरिष्ठ नेतामाधबकुमार नेपालले एमाले र माओवादीबिच पार्टी एकताभएरै छाड्ने दाबी गरेका छन् । बुधबार रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममाबोल्दै नेता नेपालले आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकतागरिने बताए ।
क्लबका सभापतिऋषिधमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमाबोल्दै नेपालले सानो प्रभावकारी र चुस्त सांगठनिक संरचनाबनाएर पार्टी एकतागर्नुपर्ने विषयमागृहकार्य भइरहेको जानकारी दिए ।
८ करोड सदस्यभएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य २ सय जना, पोलिटव्यूरो सदस्य २१ भएको उदाहरण दिदै उनले नेपालमापनि सानो कमिटि बनाएर ठूलो कामगर्न सक्ने गरी अघि बढ्नुपर्ने बताए ।
भियतनामको कम्युनिष्ट पार्टीकोसमेतउदाहरण दिदै नेपालले “पदकालागिमारामार गर्ने होइन । संगठनात्मक संरचनाबनाएर नेताव्यवस्थापनगर्नुपर्छ । त्यसपछि महाधिवेशनको मितितोकेर नयाँ नेतृत्वचयनगर्नुपर्छ ।” नेपालले भने ।
नेकपाएमालेमात्यागको भावना रहेको बताउँदै उनले पदीय भागबण्डाका आधारमाएकताप्रभावितनहुने दाबी गरे । “हामी पद छोड्न र दिनतयार छौँ ।”
जनताको जनादेश अनुसार जति सक्दो चाँडो एकता गरेर विकास र समृद्धिको यात्रामालाग्नुपर्ने उनको तर्क थियो ।
“सरकारको नेतृत्वको विषयमापनिविवादनहुने उनको दाबीथियो । प्रधानमन्त्रीकालागिमारामार तानातानहोलाभन्ने लागेको होला । त्यस्तो हुँदैन ।”
एमाले र माओवादीबिच लडाई होला र फाइदा उठाउँला भनेर कांग्रेस दाउ हेरेर बसेको बताउँदै नेपालले आफूहरु परिपक्वभएकाले त्यस्तो दाउनहेर्न सुझाबदिए ।
चुनावबाट एमाले ठूलो पार्टी बनेकाले माओवादीले त्यहीअनुसार सोचेको उनको भनाई थियो । “अनावश्यकप्रचार र दबाब सृजना गरेर केहीहुँदैन । प्रधानमन्त्रीकालागिकुनै समस्या छैन ।” नेपालले भने ।दाहाल, ओली, खनाल, बामदेव, नारायणकाजी, बादल सबैको उचित र न्यायसंगतव्यवस्थापन हुन्छ ।”
प्रधानमन्त्रीकालागिएमाले अध्यक्ष केपीओली नै हुन सक्ने सम्भावना बढि रहेको नेपालको भनाई थियो । तर माओवादीसँगपनि छलफल हुने उनले बताए ।
पत्रकार धमलाको तपाई के बन्ने भन्ने प्रश्नमा नेपालले आफू संगठन विस्तारमालाग्ने र पार्टीलाई बलियो बनाउनअभियानमालाग्ने बताए ।
अर्को प्रश्नमा नेपालले माओवादीअध्यक्ष प्रचण्डको पनिउचितव्यवस्थापनगरिने बताए ।
संस्थागत निर्णय गर्न कम्युनिष्टहरु सिपालु हुने भन्दै नेता नेपालले संगठन परिचालन र जनचेतनाविस्तारकालागि कसैले सिकाउनु नपर्ने बताए ।
संगठनको खाकाबनाउने विषयमा छलफल भइरहेको उनले बताएका छन् ।
पार्टीएकताभएपनिजनताको बहुदलीयजनवाद नछोडिने उनले स्पष्ट पारेका छन् । “जबजको सान्दर्भिकताअझै बढ्दै गएको छ । कतिपय कुरा समयअनुसार फेरेका छौँ । माओवादीले पनि २१ शताब्दीको जनवादभनिसकेको छ । संविधानमाउल्लेख गरेअनुसार समाजवादउन्मुख अर्थतन्त्र नै हाम्रो यात्राहो ।”
सरकार निर्माण गरेर पार्टी एकतागर्ने तयारी भएपनिअब सरकार गठनको समय धकेलिने अवस्था देखेकाले पहिला पार्टी एकता गरेरै जाने उनले बताए । नेताहरुको व्यस्तताले पनिधकेलिनपुगेको उनकाभनाई थियो ।
तर हतार नगर्न उनले माओवादीलाई आग्रह गरेका छन् । “मिठो खानकालागिभात, तरकारी, दाल, माछा, मासु सबै पाक्नुपर्छ । हतार गरेर हुँदैन ।” नेपालले भने ।
चुनावहारिसकेपछि पनि नेपालले सरकार छोड्न नचाहेको भन्दै उनले आपत्तिजनाएका छन् । “कांग्रेस जहिले पनिकुर्सी छोडन आलटाल गर्छ । नानीदेखि लागेको बानीअझै हटेको छैन । यो अत्यन्तै गलत सोच हो ।” नेपालले भने । “शेखर, रामचन्द्र र देउवाआत्तिनु पर्दैन । रोगलाग्ला । कम्तिमाअबपाँचवर्ष धैर्य गरेर बस्नुस् । रचनात्मकप्रतिपक्षमा बस्नुस् ।”
वाम गठबन्धन फुटाएर आफू सरकारमाजाने कुरा दिवा सपनाभएको उनको भनाई थियो ।
नेता नेपालले वाम गठबन्धनको सरकारले भारत र चिनदुवै छिमेकीमुलुकसँग निकटताको सम्बन्ध स्थापितगर्ने बताएका छन् । “आन्तरिक मामलामाहातनहालुनभन्ने मात्रै हाम्रो चाहनाहो । हाम्रो निर्णय गर्ने अधिकारमाथि हस्तक्षप गरे सैह्य हुँदैन ।”
चिनको पक्षमा गठबन्धनको सरकार जालाभनेर आशंकानगर्न उनले आग्रहसमेत गरे । सबै देशसँगआवश्यकताअनुसार आर्थिक, कुटनीतिक सम्बन्ध स्थापितगर्ने उनको भनाई थियो ।
कार्यक्रममा रिपोर्टस क्बलकाअध्यक्षऋषिधमलाले चुनावजितेकोमा नेपाललाई सम्मान गरेकाथिए । त्यसक्रममाधमलाले देशलाई विकास र समृद्धिको यात्रामा लैजानकालागिदलहरु जिम्मेवार बन्नुपर्नेमाजोड दिएकाथिए ।

 

Facebook Comments

सम्बन्धित समाचार