मोरङका ग्यास विक्रेताले खाना पकाउने ग्यासको बिक्रीवापत पाइने कमिशन वृद्धिको माग गर्दै आजदेखि ग्यासको बिक्री वितरण बन्द गरेका छन् ।
बिक्रेताले विरोधस्वरुप पसल बन्द गरी आफ्नो पसलको चाबी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएका छन् ।
ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगले बिक्रेतालाई विगत १५ वर्षदेखि कमिशन वृद्धि नगरेको जनाएको छ ।
अहिले बिक्रेताले प्रतिसिलिण्डर रु ३५ कमिशन पाउँदै आएका छन् ।
महासंघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले कमिशनको रकम बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा दुई पटक बैठक बसे पनि कुनै निर्णय नभएपछि बाध्य भएर बिक्री वितरण बन्द गर्नुपरेको बताउनुभयो ।
विराटनगरमा हाल ग्यासकोे मूल्य रु एक हजार ३५५ रहेको छ ।