• होमपेज
  • अर्थ/वाणिज्य
  • चित्रकला प्रदर्शनीबाट सोह्र लाख आम्दानी

चित्रकला प्रदर्शनीबाट सोह्र लाख आम्दानी

  • बुधबार, पुस १९, २०७४
चित्रकला प्रदर्शनीबाट सोह्र लाख आम्दानी

वरिष्ठ चित्रकार शंकरराज सिंह सुवालले चित्रकला प्रदर्शनीबाट रु १६ लाख आम्दानी गर्नुभएको छ ।

आज यहाँ भएको कलाकारसँगको अन्तक्रिया कार्यक्रममा सुवालले प्रदशीनीको चार दिन बाँकी रहँदा नै आफूले चित्रकला बिक्रीबाट उक्त आम्दानी गरिसकेको जानकारी दिनुभयो । आगामी २२ गतेसम्म रहने सो प्रदर्शनी गत १३ गतेबाट नेपाल कला परिषद्मा शुरु भएको थियो ।

“कुनै चित्र एक दिनमा नै निर्माण सकिन्छ भने कुनै चार महिनासम्म लाग्ने गरेको छ”, उहाँले भन्नुभयो । बाल्यकालदेखिनै कला क्षेत्रमा रुचि भए पनि व्यासायिकरुपमा सो क्षेत्र अंङ्गालेको उहाँलाई ६० वर्ष पुगेको छ ।

संस्कृति र इतिहास सम्बन्धि बढी चित्र कोर्नुभएको सुवालले अहिलेसम्मा दुई हजार चित्र बनाइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण गरे पनि राम्रोसँग कला देखाउने स्थानको अभाव छ ।” बहत्तर वर्षीय सुवाल कला संरक्षण नगर्ने हो भने नेपालीको पहिचान नरहने हँुदा संरक्षण गर्नु अत्यन्तै आवश्यक रहेकामा जोड दिनुहुन्छ ।

प्रदर्शनीमा राखिएका चित्र रु १५ हजारदेखि रु १५ लाखसम्मको रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा