• होमपेज
  • Uncategorized
  • जाम्बीयाको राजधानीमा दुई हजार जनामा हैजाको प्रकोप

जाम्बीयाको राजधानीमा दुई हजार जनामा हैजाको प्रकोप

  • मङ्लबार, पुस १८, २०७४
जाम्बीयाको राजधानीमा दुई हजार जनामा हैजाको प्रकोप

जाम्बीयाको राजधानी लुसाकामा हैजाबाट प्रभावित हुनेहरुको संख्या दुई हजार पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको सञ्चार तथा बाह्य सम्पर्क प्रमुख स्टान्सलौस गोसाले गत अक्टोबर देखि अहिले सम्म हैजाका कारण ४२ जनाको मृत्यु नै भइसकेको बताउनुभयो ।

उहाँले हैजाबाट प्रभावित हुनेहरुको सङ्ख्या बढ्दै गएर दुई हजार पुगेको जानकारी दिनुभयो । अधिकारीहरुले अवस्थालाई नियन्त्रणमा लिनका लागि थुप्रै प्रयासहरु गरेको पनि उहाँले बताउनुभयो ।

मन्त्रालयले त्यतिबेला देखि नै धेरै मानिस एकै ठाँउमा भेला हुने कार्यक्रमहरु गर्न प्रतिबन्ध गरेको जनाएको छ । ठूला बैबाहिक समारोह, सांस्कृतिक कार्यक्रमहरु, सडक व्यापार लगायतलाई अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

राष्ट्रपति इडगार लुङ्गुले रोगको प्रकोप अन्य क्षेत्रमा फैलिन नदिनेगरी तत्काल रचनात्मक कामहरु थाल्न प्रतिरक्षात्मक निकायहरुलाई शुक्रबार निर्देशन दिनुभएको छ । रासस÷सिन्ह्वा

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि