• होमपेज
  • अन्तरवार्ता
  • स्थानीय तहमा पनि अब लगानी गर्नुपर्यो

स्थानीय तहमा पनि अब लगानी गर्नुपर्यो

  • सोमवार, मंसिर ४, २०७४
स्थानीय तहमा पनि अब लगानी गर्नुपर्यो

बैंकिङ क्षेत्रमा प्राइम कमर्सियल बैंकको एक विशिष्ठ पहिचान छ । कमर्सियल बैंकमध्ये एक अब्बल बैंककोरुपमा स्थापित गर्न बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले जुन योगदान गरिरहनु भएको छ । त्यो सबैले देख्दै आएको विषय पनि हो । बैंकले आफ्ना ग्राहकहरुमा पुर्याएको योगदान तथा व्यवस्थापनका उत्कृष्ट कार्य गरेवापत सिइओ मानन्धरले दर्जनौ अन्तर्राष्ट्रिय अवार्डहरु समेत हात पार्नुभएको छ । न्यून सञ्चालन खर्च र अधिकतम नाफा कमाउने बैंककोरुपमा समेत परिचित यस बैंकले स्थापनाकालदेखि नै लगानीकर्तालाई उच्च प्रतिफल दिँदै आएको छ । हालै बैंकले २७ प्रतिशत बोनस शेयर लगानीकर्ताहरुलाई दिने निर्णय गरेको छ । यसबाट बैंकको पुँजी ८ अर्व भन्दा बढी हुने सिइओ मानन्धरले अन्र्तवार्ताको शिलसिलामा बताउनु भयो । प्रष्टवक्ता एवं आटिला बैंकर मध्येका एक मानिनु हुने प्राइम बैंकका सिइओ मानन्धयरले भने प्राइम बैंक फरक शैली र फरक तरिकाले लगानी बिस्तार र प्रतिफल दिने बैंक भित्र पर्दछौ । यिनै प्राइम बैंकका सिइओ मानन्धरसँग आर्थिक बजारका प्रतिनिधि भूपेन्द्र आचार्यले बैंकको वित्तीय विवरण, लगानीका चुनौती, पुँजी बृद्धिका योजना बैंक र बैंकरका भित्री समस्याका बारेमा गरेको लामो कुराकानीको केही महत्वपूर्ण मुख्य अंशः सम्पादक

प्राइम कमर्शियल बैंक लिमिटेडको पछिल्लो वित्रिय अवस्था कस्तो छ ?
हाम्रो पहिला भन्दा राम्रो छ । यस क्वाटरमा पहिला भन्दा राम्रो रिजल्ट दिएका छौं । हालै २७ प्रतिशत बोनस शेयर दिने निर्णय भएको छ । बाहिरी बातावरणले हाम्रो बैंकलाई खासै असर परेको छैन । हामी आफ्नै शैली र आफ्नै पनबाट अगाडी बढेका छौं ।
पुँजी ८ अर्व पुर्याउनु पर्ने दायित्व पनि छ र लगानीकर्तालाई प्रतिफल दिनुपर्ने अवस्था पनि छ अब कसरी अगाडी बढ्ने योजना छ ?
हामीले २७ प्रतिशत बोनस शेयर दिएर पुँजी पुर्याउने भएका छौं । यो कुरा सञ्चालक समितिले निर्णय गरिसकेको छ । अब हामीलाई पुँजीको समस्या नै छैन । हामीले पहिलो वर्ष देखि नै प्रतिफल दिएका छौं ।

पु“जी बृद्धिको नाममा मर्जर गर्नुभयो यसले पनि लगानीकर्ताहरु मारमा परेका छन् नि ?
यो सत्य होइन । मर्जर पछि त सबैले प्रतिफल अझै पाउने भए । २७ प्रतिशत बोनस सबै लगानीकर्ताले पाउने हो हाम्रो विशेषता भनेको कम लगानीमा फाइदा बढी दिने हो । त्यसकारण हामी यस्तो बैंक जसले स्थापनाको पहिलो वर्षबाटै लगानीकर्तालाई प्रतिफल दिएको छ ।

यो बीचमा बैंकहरुमा तरलता अभाव आयो र बैंकरहरुले दुवैमा डिपोजिट र कर्जामा व्याजदर बढाए । तर अहिले बैंकहरुमा तरलता अभाव छैन किन ब्याजदर घटाउँदैनन् ?
हाम्रो बैंकमा तरलता अभाव भएन हामीले पैसा बढी भएर ठूलो डिपोजितकर्तालाई यति धेरै ब्याज दिएनौं । त्यसकारण हामीमा तरलता भएन । अर्को कुरा बजार ब्याजदर अहिले घट्दै आएको छ । अझै घट्ने क्रममा नै छ । बैंकहरुले व्याजदर घटाउनु पर्दछ । चुनावको बेला पैसा बजारमा आउने छ । चुनावले सरकारी पैसा खर्च हुन्छ । यसले तरलता हुँदैन । त्यसकारण ब्याजदर घट्नै पर्दछ । पुरानो अवस्थामा बैंक आउनु पर्ने बाध्यता पनि छ । पैसा बैंकमा आएपछि त लगानी गर्नुपर्यो लगानी गर्न ब्याज कम हुनुपर्यो नि ।

प्राइम बैंक आफ्नै भवनमा आएको छ । ८ अर्व पु“जीको पनि नजिक छ । तपाइँले भने जस्तो शुरुका वर्षबाट लगानीकर्तालाई प्रतिफल पनि दिनु भएको छ । अब ८ अर्वको बैंक भएपछि बैंकलाई अगाडि बढाउने तपाईंस“ग के कस्ता योजना छन् ?
हाम्रो नीति के छ भने बजारमा प्रतिपर्धा छ । भनिन्छ तर पनि हामी त्यो प्रतिस्पर्धा भित्र पर्दैनौ । हाम्रो छुट्टै पहिचान र परम्परागत नीति छ । हामी अलग अलगका लगानी पहिचन गर्दै लगानी बढाउँदै जान्छौ । उनीहरुले जे गरे त्यही मात्रै गर्दैनौं । फरक किसिमका बाटो खोजी गरिरहेका छौं ।

हाम्रो नाफा नै तपाइँले हेर्नु भयो भने अरुको भन्दा फरक छ । हामी कहिले पनि अरु बैंकसँग प्रतिस्पधी नै बनेनौं । यो हाम्रो फरक पाटो हो । अहिले हामी कृषिमा बढी लगानी गर्ने बातावरण बनाउदै छौं । हाम्रो योजना ८ अर्वको बैंक भएपछि फरक तरिका छन् । लुकेका ठाउँमा लगानी गर्ने विपन्न वर्ष र कृषिमा कर्जा दिने नयाँ÷नयाँ ठाउँको खोजी गर्ने नै हो ।

कृषि र विपन्न वर्ष कर्जामा बैंकहरुले लगानी नगरेको अवस्था र राष्ट्र बैंकलाई जरिवाना तिरेको अवस्था छ । कृषि र विपन्न वर्गमा लगानी बढाएर नाफा कमाउने यो सम्भव होला ?
अरुको बारे मलाई थाहा छैन तर हामी गरेर देखाउने छौं । हामीले भूकम्प पीडितलाई कर्जा दिएका छौं । यो विपन्न वर्ग हो कि होइन ? पशुपालनमा कर्जा कर्जा दिएका छौं । २÷४ करोड घाटा भयो होला तर सेवा त भयो नि । हामीले नगरे के विदेशी बैंक आएर हाम्रा जनतालाई लोन दिन्छ त ? कृषि क्षेत्रमा हामीले योजनाबद्धरुपमा लगानी गर्ने एउटा योजना बनाएका छौं । यो वर्षबाट अर्को कुरा विपन्न वर्ष, कृषि र हाइड्रोमा लगानी गर्नु भनेको देशको मुहार फेर्नु पनि हो । यो विर्सनु हुँदैन बैंक र बैंकरहरुले ।

स्थानीय तहमा बैंक पुर्याउने राज्यको नीति अनुसार तपाईंको प्राइम बैंकले कुन कुन ठाउँमा शाखा खोल्दै हुनुहुन्छ र कहाँ कहाँ र कहिले सम्म ?
हाम्रो धेरै ठाउँमा छ । १८ वटा शाखा हाम्रो भागमा थियो । हामी त्यसलाई पूरा गर्दछौं । राष्ट्र बैंकले दिएको निर्देशन अनुसार नै खोल्ने हो । १/२ महिना भित्रै हामी धेरै ठाउँमा खोल्दैछौं नि ।

राज्यलाई तपाइँहरुले अरु उद्योग भन्दा बढी कर तिरेको अवस्था छ । तर राज्यबाट सेवा सुविधान नपाएको गुनासो बैंक र वित्तीय संस्थाको छ । यसलाई कसरी लिनु भएको छ ?
करको बारेमा हामीले बोल्ने कुरा भएन अरु उद्योग सरह हामीलाई कर लगाएको भए राम्रो हुने थियो । बैंकलाई अलग कर लगाउनु राम्रो संकेत पक्कै होइन । अरु सुविधा भनेको त दुवैले गर्ने कुरा हो हामी राज्यका लागि केही गरेका छौं भने राज्यले पनि हामीलाई केही गर्नु पर्ने हो । राज्यले सोच्ने कुरा हो देश विकासमा हामी बैंक र बैंकरको सधै महत्वपूर्ण भूमिका रहँदै आएको छ र भविष्यमा पनि रहने नै छ ।

बैंकहरुमा आधुनिक आईटी नभएको हो ? वा भएर पनि बेला बखत नौला चोरीका घटना घट्ने गरेका छन् । यसलाई कसरी लिनु भएको छ ?
यो आधुनिक आईटीको बारेमा सबै जान्नु पर्ने हुन्छ । कसरी जान्ने भन्ने कुरा छलफल गरेर नै गर्ने हो । रिक्स लिएर नै गर्नु प¥यो । लगानी गर्नु पर्ने भए पनि सञ्चालक समितिले निर्णय गरिदिनु पर्यो । चीप कार्ड देखि आधुनिक बैंकिङका सबै उपाय हामी बैंकरले भियाउनै पर्दछ । रिक्सलाई जोगाउनु पर्दछ । तर ह्याकर हामी भन्दा १ कदम अगाडि नै सबै हुन्छ । विकसित देशहरुमा धेरै घटना भएका छन् । सजकता हामीले अपनाउनु पर्दछ ।

गल्ती गर्नेलाई छोड भन्नु ठिक हो । वाफियामा आएको निर्णय नमान्ने कुरा त भएन नि सबै बसरी रहने कुरा पनि होइन । अवधी तोक्नु जरुरी थियो । राम्रो भएको छ ।

सञ्चालकहलाई (आईटी)को ज्ञान नभएको र आधुनिक आइटी खरिद गर्न व्यवस्थापन टिमलाई नदिएको गुनासो पनि छ नि ?
यो सत्य होइन । बोर्डले सुरक्षा नगरी कसरी भन्दछ । तर पनि गर्दा गर्दा पनि यस्तो घटना भएको हो । केहीले चाडै आधुनिक आईटी ल्याएको होला कसैले ल्याउन शुरु गरेको होला । म तपाईलाई भन्छु, हामीले आधुनिक बैंकिङ भित्र्याउनै पदर्छ जसरी पनि तापनि ह्याकर हामी भन्दा सधै अगाडि नै हुन्छ सचेत र सजकता हामी रहनु पर्दछ मात्रै मेरो भनाइ हो । चोरको बुद्धि हामी भन्दा १ कदम अगाडि हुन्छ । अमेरिकामा पनि हुन्छ विश्वका धेरै देशमा यस्ता घटना भएका छन् । सजक हुनपुर्यो, आधुनिक आईटी किन्ने वातावरण सबैले बनाउनु जरुरी छ ।

तपाईंको शाखा रहित बैंकिङ र मोवाइल बैंकिङ कहाँ पुग्यो त ?
हाम्रो शाखा रहित बैंकिङ छैन । मोवाइल बैंकिङ छ । निकट भविष्यमै हामी सबै प्रकारका आधुनिक बैकिङका नम्सहरुलाई भित्र्याउने प्रक्रियामा नै छौं ।

सिइओको कार्यकाल २ कार्यकाल भन्ने छ । धेरै सिइओहरुले यसमाथि टेकेर जागिर पनि छाड्नु भएको छ । तपाइँ यसलाई कसरी लिनु हुन्छ ?
राष्ट्र बैंकले भनेको ठिक हो । गल्ती गर्नेलाई छोड भन्नु ठिक हो । वाफियामा आएको निर्णय नमान्ने कुरा त भएन नि सबै बसरी रहने कुरा पनि होइन । अवधी तोक्नु जरुरी थियो । राम्रो भएको छ । जस्तो मलाई लागेको छ ।

बैंक ८ अर्वको भएपछि त लगानी पनि ठूलै हुनुपर्यो होला नि ?
मैले भनिसके नयाँ दायराबाट खोजी शुरु गर्नुपर्यो ।

नयाँ दायरा भनेको के हो ?
पहिला सिमेन्ट र हाइड्रोहरुमा लगानी गरियो अब नयाँ खोज्नु पर्यो । सिमेन्ट र हाइड्रो मात्रै लगानीको क्षेत्र होइन भन्न खोजेको हो मैले अरु नयाँ दायरामा कृषि, विपन्न वर्ग, आयत निर्यातका कम्पनी पनि छन् नि ? कृषिमा ठूलो स्केलमा लगानी गर्नुपआर्थिक बजार मासिकयो । बंैक धेरै छन् । नेपालमा तर बैकिङ्ग पहँुच कम जनसख्यामा छ यो बढाउनु पर्यो बैंक नपुगेको ठाउँमा पनि लगानी बढाउनु पआर्थिक बजार मासिकयो बैंक पुर्याउनु पर्यो । स्थानीय तहमा पनि अब लगानी गर्नुपर्यो । स्थानीय तहमा पनि अब लगानी गर्ने यो नयाँ दायरा हो कि होइन ।

अन्त्यमा के बाँकी छ ?
लगानीकर्ताहरुले जसरी हामीलाई विश्वास गरेर लगानी गर्नुभएको थियो । उहाँहरुको गुनासो हामीसँग छैन होला हामीले दोश्रो वर्ष देखी नै लगानीकर्तालाई प्रतिफल दिएका छौं कुनै बैंकले अझै राम्रो प्रतिफल दिएको अवस्था छैन । हामी सबै शेयरधनी, प्रमोटर डिपोजिट सबैको भावना अनुरुप नै अगााडि बढेको अवस्था छ । प्राइम बैंक भिन्न र फरक बैंक बनेको छ । यो बुझ्नु जरुरी छ ।  आर्थिक बजार मासिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि