• होमपेज
  • समाचार
  • कृष्णभक्तले भने–‘मिल्यौं दाजुभाई, मिलेर गर्छौ विकास’

कृष्णभक्तले भने–‘मिल्यौं दाजुभाई, मिलेर गर्छौ विकास’

  • बिहिबार, कार्तिक २३, २०७४
कृष्णभक्तले भने–‘मिल्यौं दाजुभाई, मिलेर गर्छौ विकास’

चितवन, कार्तिक २३–

चितवन क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णभक्त पोखरेलले वामगठबन्धनले सकरात्मक सन्देश दिएको बताएका छन् । विहीबार भमनपा–३ का मतदातासँग भेटघाट गर्ने क्रममा नेता पोखरेलले यसै क्षेत्रको प्रदेश (क) बाट उम्मेद्वार बनेका माओवादी नेता घनश्याम दाहाल अविनाशलाई देखाउँदै भने,‘लौ हामी दाजुभाइ मिलेर आयौं, अब भोट दिएर जिताउने जिम्मा तपाइहरुको ।’

सो क्रममा मतदाताले दुई मूख्य कम्युनिष्ट पार्टीहरु मिलेकोमा खुशी व्यक्त गरेका थिए । मतदातासँगको भेटघाटका क्रममा नेता पोखरेलले भरतपुर क्षेत्र, पहाडी क्षेत्र, कालिका नगर र रत्ननगरको भूगोल आफैमा महत्वपूर्ण रहेको भन्दै यस क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश (क) का वामगठबन्धन उम्मेद्वार घनश्याम दाहाल (अविनाश)ले मिलेर अघि बढे विकास र सम्मृद्धि सम्भव छ भन्ने उद्देश्यले नै आफूहरु एक भएर मत माग्न आएको बताए । नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीका अनुसार विहीबार भमनपा वडा नम्बर ३ को घरदैलो सम्पन्न भएको छ ।

सागै अविनाशले नेपालमा वाम आन्दोलनलाई एकतावद्ध गर्ने उद्देश्यले वाम गठबन्धन गरिएको बताए । पाँच वर्षसम्म स्थायी सरकार नभएसम्म नेपालको विकास सम्भव नभएको कारण आर्थिक क्रान्तिको लागि सबै वाम एक ठाम भनेर कम्युनिस्ट शक्तिको एकीकरण अभियान सुरु भएको उनको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार