• होमपेज
  • समाचार
  • चितवनमा बाम गठबन्धनद्धारा निर्वाचन प्रचार कार्यालय उद्घाटनलाई तीब्रता

चितवनमा बाम गठबन्धनद्धारा निर्वाचन प्रचार कार्यालय उद्घाटनलाई तीब्रता

  • बिहिबार, कार्तिक २३, २०७४
चितवनमा बाम गठबन्धनद्धारा निर्वाचन प्रचार कार्यालय उद्घाटनलाई तीब्रता

चितवन,कार्तिक २३-

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई केन्द्रित गरेर बाम गठबन्धनले रत्ननगरका विभिन्न वडाहरुमा विहीवार निर्वाचन कार्यालय स्थापना गरी विहीवार उद्घाटन गरेका छन । रत्ननगर नगरपालिका वडा नं.४, ७, ८ र १० मा निर्वाचन कार्यालय उद्घाटन गरिएको छ ।

चितवन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डे र प्रदेश सभा सदस्य ख का उम्मेदवार कृष्ण खनालले सयुक्त रुपमा चार वटा निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन । उनीहरुले मंसिर भित्रै बामपन्तीको दुई तिहाई बहुमतको सरकार बन्ने दावी गरे । उनीहरुले समग्र पूर्वी चितवनको विकासको लागि आफुहरुलाई मतदान गर्न आब्हान गरेका थिए । कार्यक्रममा पूर्व अर्थ मन्त्री समेत रहेका एमालेका स्थायी कमिटी सदस्य पाण्डेले नयाँ नेपाल निर्माण गर्न सक्ने बामपन्थीको सरकार निर्माण गर्न बाम गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा प्रदेश (ख) का उम्मेदवार एमालेका केन्द्रीय सदस्य कृष्ण खनालले मुलुकले बहुमतको सरकार चाहिरहेको भन्दै बाम गठबन्धनलाई आउने निर्वाचनमा बहुमत ल्याउने गरी मतदान गर्न आब्हवान गरे । वडा नंं.७ मा वडा स्तरीय निर्वाचन परिचालन कमिटीकी संयोजक सानुमाया थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश (ख) का निर्वाचन परिचालन कमिटीका संयोजक कपिल पोखरेल,वडा स्तरीय निर्वाचन परिचालन कमिटीका अर्का संयोजक श्रीराम सिलवाल लगायतले मन्तव्य राखेका थिए ।

वडा नंं.८ मा निर्वाचन परिचालन कमिटीका संयोजक प्रेमकुमार थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन,वडा अध्यक्ष विनोद बस्नेत,माओवादी केन्द्रका नगर सहईन्चाज राजु अम्गाई,नगर स्तरीय आर्थिक समितिका सदस्य श्याम बराल लगायतले मन्तव्य राखेका थिए ।

वडा नंं.८ मा निर्वाचन परिचालन कमिटीका संयोजक प्रेमकुमार थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन,वडा अध्यक्ष विनोद बस्नेत,माओवादी केन्द्रका नगर सहईन्चाज राजु अम्गाई,नगर स्तरीय आर्थिक समितिका सदस्य श्याम बराल लगायतले मन्तव्य राखेका थिए । सो वडाबाट विभिन्न पार्टी परित्याग गरी एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

सोही अबसरमा स्थानीय तहको निर्वाचनमा तनमन दिएर एमालेलाई जिताउन लागिपर्ने पुष्पराज मरहठ्ठा सहितका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । वडा नंं.१० मा निर्वाचन परिचालन कमिटीका संयोजक कमल बहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडी,वडा अध्यक्ष केशव आचार्य लगायत एमाले तथा माओवादी केन्द्रका नेताहरुको सहभागिता रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार