• होमपेज
  • समाचार
  • चिट चोरेको भन्दै विवादित बनेको एमबीबीएस प्रवेश परीक्षा रद्द गर्न माग

चिट चोरेको भन्दै विवादित बनेको एमबीबीएस प्रवेश परीक्षा रद्द गर्न माग

  • मङ्लबार, कार्तिक २१, २०७४
चिट चोरेको भन्दै विवादित बनेको एमबीबीएस प्रवेश परीक्षा रद्द गर्न माग

काठमाडौं, कार्तिक २१-

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले शैक्षिक सत्र ०७४/७५ का लागि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द गर्न स्वतन्त्र विद्यार्थी यूनियन त्रिविले माग गरेको छ ।
प्रवेश परीक्षामा संलग्न विद्यार्थीले आधुनिक विद्युतिय यन्त्रको प्रयोग गरी चिट चोर्दै गरेको फेला परेपछि उक्त परीक्षा विवादित बन्दै आएको छ ।

परीक्षा विवादित बने चिकित्सा शास्त्र अध्ययन संस्थानले परीक्षा पूनःसन्चालन गर्र्ने वा सोहि परिक्षालाई मान्यता दिने भन्ने विषयमा कुनै निर्णय नगरेपछि स्वतन्त्र विद्यार्थी यूनियन त्रिविले आपत्ति जनाएको छ ।

स्ववियूले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विवादित विद्यार्थीलाई परीक्षामा सामेल नै नगराई पुनः परीक्षा गर्न माग गरेको छ ।
साथै सो प्रश्नपत्र बाहि¥याउने गतिविधिमामा चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पदाधिकारी समेतको संलग्नता पुष्टि भए कारर्वाही हुनुपर्ने स्ववियूको रहेको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन अन्तर्गत शैक्षिक वर्ष ०७४÷७५ को लागि संचालित एमबीबीएस प्रवेश परीक्षा आधुनिक विद्युतिय यन्त्रको प्रयोग गरी प्रश्न पत्र बाहिरिएको थियो । यो घटनाको छानबिन र दोषीमाथि कारर्वाही नभए आन्दोनमा उत्रने विद्यार्थीहरूले चेतावनी दिएका छन् ।

प्रहरीले २८ असोजमा चिट चोर्ने विद्यार्थी तथा चोराउने गिरोहलाई पक्राउ गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार