• होमपेज
  • समाचार
  • निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

  • मङ्लबार, कार्तिक २१, २०७४
निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

ज्ञानेन्द्र न्यौपाने

रसुवा,कार्तिक २१ –

आगामी मंसिर १० गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रचारप्रसारमा बालबालिका सहभागी नगराउन दहरु प्रतिबद्ध भएका छन् ।

प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धलगायत अन्य दलका प्रतिनिधि तथा तिनका उम्मेदवारसँगको छलफलमा यस्तो सहमति भएको हो ।

निर्वाचन प्रचारको गतिविधिमा जिल्ला बाहिरका मानिस नल्याउने र मदिरा विषेध गर्ने र निर्वाचन आचारसंहिता पूर्णरूपले पालन गर्दै जानेमा पनि दलहरू प्रतिबद्ध भएको प्रजिअ पौडेलले बताउनुभयो ।

सर्वदलीय बैठकमा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्य नेका पार्टी सभापति पेम्बा छिरिङ तामाङ, नेकपा ९एमाले० का पार्टी सचिव विजय लामा, माओवादी केन्द्रका प्रतिनिधि माधव लामिछाने, नयाँ शक्ति पार्टी प्रतिनिधि दिनेश तामाङ हुनुहुन्थ्यो ।

१५ हजार महिला मतदाता

आगामी मंसिर १० गते सम्पन्न हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १५ हजारभन्दा बढी महिला मतदाताले मतदान गर्ने भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी नवीन खालिङका अनुसार जिल्लाको ४५ मतदान केन्द्रबाट १५ हजार ८६७ महिला र १६ हजार ४५५ पुरुष मतदाताले मतदान गर्नेछन् ।

एक क्षेत्र र दुई प्रदेश रहेको रसुवा जिल्लाको कुल मतदाता ३२ हजार ३२२ रहेकामा प्रदेश ९क० मा १६ हजार १६७ र प्रदेश ९ख० मा १६ हजार १५५ मतदाता रहेको निर्वाचन अधिकारी खालिङले जानकारी दिनुभयो ।

सुरक्षा व्यवस्था तयारी

प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाइएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार ७०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्न तयारी भइसकेको र आवश्यकताअनुसार बाहिरी घेरामा नेपाली सेना समेत परिचालन हुने छन् ।

जिल्लाको पाँच गाउँपालिकाअन्तर्गत ३४ स्थानमा ४५ मतदान केन्द्र रहने
भएकामा एक अति संवेदनशील २१ संवेदनशील र १२ मतदान केन्द्र सामान्यमा सूचीकृत गरिएको बताइएको छ ।

जिल्लाको सबैभन्दा टाढा लाङटाङ र यार्सा गाविस छ सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने बताउँदै प्रजिअ पौडेलले कुनै पनि उम्मेदवार एवं मतदाता सबैलाई सुरक्षा आवश्यक परेमा नजिकको सुरक्षा चौकीमा माग गर्न आग्रह गर्नुभयो ।-रासस

Facebook Comments

सम्बन्धित समाचार