• होमपेज
  • समाचार
  • एमालेका बागी उम्मेदवारलाई मनाउन गठबन्धन अन्तिम कसरतमा

एमालेका बागी उम्मेदवारलाई मनाउन गठबन्धन अन्तिम कसरतमा

  • मङ्लबार, कार्तिक २१, २०७४
एमालेका बागी उम्मेदवारलाई मनाउन गठबन्धन अन्तिम कसरतमा

राजेन्द्र पनेरु

कञ्चनपुर,कार्तिक २१ –

वाम गठबन्धनमा आबद्ध एमालेका बागी उम्मेदवारलाई मनाउन अन्तिम कसरत भइरहेको छ । गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेताले फिर्ता नलिएपछि बागी उम्मेदवारलाई मनाउन गठबन्धनका नेता दौडधुपमा लागेका हुन् ।

एमालेका नेताहरू अन्तिम छलफल गरी बागीलाई मनाउन र आधिकारिक उम्मेदवारलाई समर्थन गरी विज्ञप्ति निकाल्ने आशामा छलफल गरिरहेका छन् ।

एमाले जिल्ला कमिटीका सचिवालय सदस्य राजेन्द्रप्रसाद जोशी, जिल्ला सदस्य कर्णबहादुर चन्द र भीनपाका–१० का पूर्व वडाध्यक्ष हीरासिंह विष्टले बागी उम्मेदवारी दिएका छन् ।

एकताको सन्देश दिन तीन उम्मेदवार एउटै मालामा

वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रले एकताको सन्देश दिन क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई एउटै माला पहि¥याइएको छ ।

एकताको सन्देश गाउँ–गाउँसम्म पु¥याउन कार्यकर्ताले प्रतिनिधिसभाका उम्मेदवार विना मगर र प्रदेश सभा उम्मेदवार तारा लामातामाङ र कुलवीर चौधरीलाई एकै माला लगाइएको हो ।

दुवै पार्टी नेतृत्वले गरेको एकता तयारी र चुनावी तालमेलपछि पहिलो पटक भएको कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा संयुक्त कार्यकर्ता भेलामा उत्साह र सौहार्दता देखिएको छ ।

आदिवासी जनजातिबाट २१ जना चुनावी मैदानमा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आदिवासी जनजाति समुदायका २१ जना चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

दलहरूले प्रदेशसभा र प्रतिनिधिसभामा जनजाति समुदायका उम्मेदवार बनाएका हुन् । स्थानीय तह निर्वाचनमा प्रमुख तीन दलमध्ये माओवादी केन्द्रले लालझाडी र बेलौरीमा प्रमुख पदमा जनजाति उम्मेदवार बनाएको थियो ।

एमालेले बेलौरी र कृष्णपुर नगरपालिकामा उपप्रमुखमा उम्मेदवार बनाएको थियो । ती सबै तहका जनजाति समुदायका उम्मेदवारले चुनाव जितेका थिए । एमाले माओवादी केन्द्रको वाम गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र०की विना मगर प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ भने क्षेत्र नं १ को ९क० मा एमाले अध्यक्ष तारा लामातामाङ उम्मेदवार बन्नुभएको छ । मगर र तामाङ पुनर्वास नगरपालिका एकै वडाका बासिन्दा हुनुहुन्छ । काँग्रेसले पनि ९क० मा जनजाति समुदायका गोपाल गुरुङलाई उम्मेदवार बनाएको छ ।

क्षेत्र नं १ ९क० मा वाम गठबन्धन र काँग्रेस दुवैका उम्मेदवार जनजाति समुदायका छन् । वाम गठबन्धनबाट एमालेका कुलवीर चौधरी र काँग्रेसबाट रामलाल राना प्रतिस्पर्धी हुनुहुन्छ । एमालेले विद्यार्थी नेत्री मर्यादा विष्टको टिकट फिर्ता गरी अन्तिम समयमा चौधरीलाई उम्मेदवार बनाएपछि काँग्रेसले पनि जनजातिको मत तान्न रानालाई टिकट दिएको थियो ।

लेखक र भट्ट बीच कडा प्रतिष्पर्धा

काँग्रेस नेता रमेश लेखकले कञ्चनपुर क्षेत्र नं ३ बाट चौथो पटक सांसद बन्न मनोनयन दर्ता गरेपछि भन्नुभयो, “वाम गठबन्धनका कारण हार्ने कुरा हुँदैन, टिमसहित जित्छौँ ।”
विसं २०५६ को आम निर्वाचन जित्नुभएका नेता लेखक विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा विजयी हुनुभएको थियो । काँग्रेसले त्यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवालाई उम्मेदवार बनाएकामा उहाँ झिनो मत अन्तरले विजयी हुनुभएको थियो । अहिले फेरि चौथो पटक सांसद बन्ने लक्ष्यसहित उम्मेदवार लेखक चुनावी मैदानमा हुनुहुन्छ ।

वाम गठबन्धनले यस क्षेत्रमा एमालेका विदेश विभाग सदस्य डा दीपकप्रकाश भट्टलाई प्रतिस्पर्धी बनाएको छ ।

स्थानीय चुनावमा ३० वटै वडाका अध्यक्षले पाएको मतका आधारमा काँग्रेस वाम गठबन्धनभन्दा निकै कमजोर छ । गठबन्धन काँग्रेसभन्दा १० हजार १०६ मतले अगाडि छ । स्थानीय चुनावमा वाम गठबन्धनको २६ हजार १८३ र काँग्रेसको १६ हजार ७७ मत छ ।

काँग्रेस उम्मेदवार लेखकले गठबन्धनको मत तान्ने र गठबन्धन उम्मेदवार भट्टले आफ्नो मत जोगाउने रणनीति बनाउनुभएको छ । काँग्रेसका क्षेत्रीय प्रवक्ता अफीलाल जोशीले भने संघ र प्रदेशको चुनाव स्थानीय जस्तो नहुने भएकाले लेखक नै जित्ने दाबी गर्नुभयो । यो चुनावलाई स्थानीयसित आँकलन गर्न मिल्दैन उहाँले भन्नुभयो “हामी जित्छौँ ।”

एमाले उम्मेदवार डा भट्टले भने वाम गठबन्धनले नै जित्ने बताउनुभयो । यहाँ गुलियो र मीठो कुरा गरी जनतालाई धेरै वर्षदेखि भ्रममा राखिएको छ, यस पटक त्यस्तो हुने छैन उहाँले भन्नुभयो, “गठबन्धनका सबै उम्मेदवारले जित्नेछन् ।” – रासस
–––

Facebook Comments

सम्बन्धित समाचार