• होमपेज
  • समाचार
  • बामगठवन्धन उमेदवारले भनेः सुकुम्वासी समस्या सदाका लागी अन्त्य गर्छाै !

बामगठवन्धन उमेदवारले भनेः सुकुम्वासी समस्या सदाका लागी अन्त्य गर्छाै !

  • मङ्लबार, कार्तिक २१, २०७४
बामगठवन्धन उमेदवारले भनेः सुकुम्वासी समस्या सदाका लागी अन्त्य गर्छाै !

चितवन,कार्तिक २१-

चितवन क्षेत्र नम्वर २ का बामगठवन्धनका उमेदवारहरुले यस क्षेत्रका लालपुर्जाविहीन घरधनीहरुलाई स्थानीय सरकारसंग समन्वय गरी स्थायित्व कायम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

क्षेत्र नम्वर २ को (क) क्षेत्र अन्तरगत नारायणगढको पोखरावसपार्क स्थित नदीकिनारका वस्तीमा मतदाताहरुसंगको भेटघाटका क्रममा उमेदवारहरुले केन्द्रिय, प्रादेशिक र स्थानिय तहका सवै सरकार बामपन्थीहरुको भईसकेपछि सुकुम्वासी समस्या सदाका लागी अन्त्य गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

चितवन क्षेत्र नम्वर २ का प्रतिनिधी सभा सदस्य उमेद्वार कृष्णभक्त पोखरेलले भरतपुर महानगरपालिका संग समन्वय गरी सुकुम्वासी समस्या समाधान गर्ने बताउनुभयो । “अव सिंहदरवारको अधिकार स्थानिय तहमा आएको छ र यहाँ बामपन्थी शक्तिकै उपस्थिती बलियो भएकाले समस्या समाधान गर्न कुनै अफ्ठ्यारो छैन”– पोखरेलले भन्नुभयो ।

स्थानिय तहमा प्राप्त मतका आधारमा क्षेत्र नम्वर २ मा बामगठवन्धनका उमेदवार विजयी बन्नेमा कुनै शंसय नरहेको दाबी गर्दै पोखरेलले अत्यधिक मतान्तरले आफुहरुलाई बिजयी गराउन स्थानियसंग अपिल गर्नुभयो ।

सोही क्रममा क्षेत्र नम्वर २ (क) का प्रदेश सभा सदस्य उमेदवार घनश्याम दाहाल अविनाशले सुकुम्वासी जनताको माग बामपन्थीहरुवाट मात्रै संवोधन हुन सक्ने भन्दै मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।

मतदाताहरुसंगको भेटघाटमा प्रतिनिधी सभा सदस्य उमेदवार पोखरेल, प्रदेश सभा सदस्य उमेदवार दाहाल , समानुपातिक उमेदवारहरु नारायण दाहाल, पार्वती सिलवाल सहित एमाले र माओवादी केन्द्रका स्थानिय नेता कार्यकर्ता सहभागी थिए । स्थानियले आफ्ना घर अगाडी उमदवारहरुलाई फुलमाला र घडाकलशले स्वागत गरेका थिए ।

चुनावी प्रचारकै क्रममा आज अपरान्ह भरतपुर २ को देवकोटाचोकमा प्रतिनिधीसभा सदस्य उमेदवार कृष्णभक्त पोखरेल र २ (ख) का प्रदेश सभासदस्य उमेदवार बिजय सुवेदीको उपस्थितीमा कोणसभा राखिएको क्षेत्रिय प्रचार संयोजक घनश्याम भट्टराई जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)