• होमपेज
  • समाचार
  • भरतपुर आँखा अस्पताललाई सहयोग गर्न लायन्स क्लव क्यालिफोर्निया इच्छुक

भरतपुर आँखा अस्पताललाई सहयोग गर्न लायन्स क्लव क्यालिफोर्निया इच्छुक

  • सोमवार, कार्तिक २०, २०७४
भरतपुर आँखा अस्पताललाई सहयोग गर्न लायन्स क्लव क्यालिफोर्निया इच्छुक

चितवन,कार्तिक २०-

लायन्स क्लव अफ इन्टरनेशनल 4c3 क्यालिफोर्नियाका डिस्टिक गर्भनर राजेन थापा सहितको टोलीले आज भरतपुर आँखा अस्पतालको निरिक्षण गरेको छ । इटहरी घर भएका थापा लायन्स क्लव अफ इन्टरनेशनल 4c3 क्यालिफोर्नियाका गभर्नर भएपछि पहिलोपटक नेपाल आएका हुन् । उनिसहित आएका ९ जनाको टोलीलाई अस्पताल सँचालक समितीले स्वागत गर्नुका साथै अस्पतालको अवस्था र सेवाका वारेमा जानकारी गराइएको छ । अस्पतालका प्रशासक दयाशंकर चौधरीले अस्पतालको अवस्था र सेवाका वारेमा प्रकास पार्नुभएको थियो ।

अस्पतालको निरिक्षण पश्चात थापाले मातृभुमिले दिएको जिम्मेवारी पुरा गर्न नेपाल आएको वताउनुभयो । उहांले नेपालका विभिन्न क्षेत्रको भ्रमण गरेर कहाँ के गर्न सकिन्छ भन्नेवारे जानकारी लिने र सहयोग गर्ने वताउनुभयो । उहांले अस्पतालमा महत्वपूर्ण मेसिन र आवश्यक सामाग्री सहयोग गर्न तयार रहेको वताउनुभयो । आखाँको उपचारका लागी एउटै गन्तव्य वनाउन सफल भएको भन्दैं उहांले अस्पतालको प्रशंसा गर्नुभयो ।

२० हजार लायनको नेतृत्व गर्दै लायन्स क्लव अफ क्यालिफोर्नियाको डिस्टिक गर्भनर भएकोमा सो अवसरमा बधाई ज्ञापन समेत गरिएको थियो । सो अवसरमा नेपाल नेत्रज्योती संघ चितवन शाखाका कार्यवहाक सभापति कृष्णराज धरेल, सचिव लक्ष्मी चरण श्रेष्ठ,अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिज कुमार मास्के, प्रध्यापक डाक्टर रघुनन्दन बेन्जु लगाएतको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार