• होमपेज
  • समाचार
  • चितवनका सवै क्षेत्रमा वाम गठवन्धनको चुनावी प्रचारप्रसार अभियान

चितवनका सवै क्षेत्रमा वाम गठवन्धनको चुनावी प्रचारप्रसार अभियान

  • सोमवार, कार्तिक २०, २०७४
चितवनका सवै क्षेत्रमा वाम गठवन्धनको चुनावी प्रचारप्रसार अभियान

चितवन,कार्तिक २०-

मनोनयन दर्ता भएसंगै जिल्लाका सवै क्षेत्रमा बाम गठबन्धनका उम्मेद्वारले चुनावी अभियान सुरु गरेका छन् । यही मंसिर २१ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनमा संयुक्त वाम गठवन्धनबाट निर्वाचनमा होमिएका एमाले र माओवादी केन्द्रले संयुक्त प्रचार अभियान थालेका छन् । दुवै संगठनले संयुक्त रुपमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गर्ने, गांउ टोलमा भेला गरेर आफ्ना पार्टीका एजेण्डा जनता माझ लैजाने गरेका छन् ।

निर्वाचन क्षेत्र नं. १ अन्र्तगत पर्सामा निर्वाचन कार्यालय खोलिएको छ । सो क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार सुरेन्द्र पाण्डेले कार्यालयको उद्घाटन गर्नु भयो । कार्यक्रममा उहांले वाम गठवन्धनले जितेपछि निर्माण हुने सरकारले जेष्ठ नागरिकको सम्मानका लागि भत्ता वृद्धि गरेर मासिक ५ हजार गराउने बताउनु भयो । आर्थिक सम्वृद्धि तर्फ देश लैजानको लागि आवश्यक ४ वटा मुख्य काम मध्य वृद्ध भत्ता एउटा भएको बताउनु भयो । त्यस्तै गरेर निःशुल्क उपचार, निःशुल्क शिक्षा, घर नभएकालाई आवास र रोजगारीको ग्योरेन्टी गराएपछि देशले एउटा मार्ग लिने बताउनु भयो ।

अब जनताले यो या त्यो वहानामा वन्द हड्ताल गरेर माग राख्न नपर्ने गरी देशको विकास गर्ने समय आएको बताउनु भयो । राजनीतिक मागहरु पूरा भइसकेकाले आर्थिक सम्वृद्धिको लागि एमालेले लिएको नीति तथा कार्यक्रमले देशको कायापलट गरिदिने उहाले वताउनुभयो । यस्तै गरी प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद खनाल र दावा लामाले आफ्नो निर्वाचन क्षेत्र नं.१ मा सम्पर्क कार्यालयहरु सञ्चालनमा ल्याएका छन् ।

यस्तै गरी निर्वाचनको प्रचार कार्यक्रम अन्र्तगत क्षेत्र नं. २ को (१) पोखरा बसपार्कमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री अमिक शेरचनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । उद्घाटन गर्दै उहांले माओवादी र एमालेको संयुक्त उम्मेदवारको रुपमा रहनु भएका कृष्णभक्त पोखरेललाई मतदान गर्न आफ्ना पार्टीका कार्यकर्तालाई अनुरोध गर्नु भयो । निशंकोच मानेर वाम गठवन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी गराउन अपिल गर्नु भयो । कार्यक्रममा माओवादी केन्द्रका नेता नारायण दाहालले संघमा पोखरेल र प्रदेशको १ मा धनश्याम दाहाल र २ मा विजय सुवेदीलाई सहयोग गर्नको लागि अनुरोध गर्नु भयो ।

कार्यालय उद्घाटन कार्यत्रममा उम्मेदवार कृष्णभक्त पोखरेलले चितवन जिल्लाको विकासमा आफ्नो प्रयास जारी रहेको बताउनु भयो । वाम गठवन्धनको चितवनको विकासमा आमुल परिवर्तन आउने प्रतिवद्धता व्यक्त गर्नु भयो । जिल्लाको पहाडी क्षेत्र र आफ्नो निर्वाचन क्षेत्रमा आवश्यकता अनुसार जनताको काममा आफ्नो ध्यान जाने जानकारी गराउनु भयो ।

त्यस्तै गरी निर्वाचन क्षेत्र नं. ३ अन्र्तगत चनौलीमा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार पुष्पकमल दाहालले कार्यालय उद्घाटन गर्नु भयो । विकासका पश्चिम क्षेत्र पछाडि परेको भन्दै आर्थिक र पर्यटकीय केन्द्रका रुपमा लैजान आफ्नो सहयोग रहने बताउनु भयो ।

Facebook Comments

सम्बन्धित समाचार