• होमपेज
  • समाचार
  • गौरादह र तरहरामा पनि एनआईसी एशिया बैंकको शाखा

गौरादह र तरहरामा पनि एनआईसी एशिया बैंकको शाखा

  • सोमवार, कार्तिक २०, २०७४
गौरादह र तरहरामा पनि एनआईसी एशिया बैंकको शाखा

काठमाडौं,कार्तिक २०-

एनआईसी एशिया बैंकले झापाको गौरादह नगरपालिका वडा नम्बर ३ र सुनसरीको इटहरी उप महानगरपालिका वडा नम्बर २० तरहरामा नयाँ शाखा स्थापना गरेको छ। सोमबार गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले गौरादह शाखा र इटहरी उप महानगरपालिकाका मेयर द्वारिकलाल चौधारीले तरहरा शाखाको उद्घाटन गरेका हुन्।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो। गौरादह र तरहरा शाखाको उद्घाटनसँगै यो बैंकले देशभर आफ्ना शाखा कार्यालयको संख्या १३३ पुर्याएको छ। आफ्ना १४१ एटिएम काउन्टरबाट ग्राहकले सेवा लिँदै आएको बैंकले जनाएको छ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा स्थापना गर्ने जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा