काठमाडौं,कात्तिक २० –
नेपाल एयरलाइन्सको वाइ टुभेल्व जहाज भैरहवा विमानस्थलमा अवतरणको क्रममा सामान्य दुर्घटनामा परेको छ । अवतरणको क्रममा जहाजको टायर पन्चर भएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले सम्पूर्ण अवस्था सामान्य रहेको बताए ।
तर जहाजको टायर पन्चर भएपछि अहिले भैरहवा विमानस्थल बन्द रहेको छ । रन वेमा रहेको जहाजलाई बाहिर ल्याउने काम भइरहेको ठाकुरले बताए । त्रिभुवन विमानस्थलबाट उडेको जहाज भैरहवा विमानस्थल ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको हो । जहाजमा रहेका सबै यात्रुलार्इ सकुशल बाहिर निकालिएको छ ।