• होमपेज
  • समाचार
  • हेलिकप्टर दुर्घटनामा साउदी राजकुमारको निधन

हेलिकप्टर दुर्घटनामा साउदी राजकुमारको निधन

  • सोमवार, कार्तिक २०, २०७४
हेलिकप्टर दुर्घटनामा साउदी राजकुमारको निधन

एजेन्सी कात्तिक २० –

साउदी अरेबियाका एक राजकुमारको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । राकुमार मन्सुर बिन मुक्रिन चढेको हेलिकप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उहाँको निधन भएको साउदी अरेबियाको राष्ट्रिय टेलिभिजनले जनाएको छ । असिर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकप्टर भ्रमणमा हुनुहुन्थ्यो । दुर्घटनाको कारण नखुलेको बिबिसीले जनाएको छ । युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा रहेको भ्रष्टाचार विरुद्धको नयाँ कमिटिले ११ राजकुमार तथा चार बहालवाल मन्त्रीसहित धेरैलाई पक्राउ गरेको केही दिनमै राजकुमार मन्सुरको हेलिकप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा निधन भएका राजकुमार मन्सुर पूर्व युवराज मुक्रिन बिन अब्दुल अजिजका छोरा हुनुहुन्छ । सन् २०१५ मा बिन अब्दुल अजिजका सौतेनी भाइ सलमानले राजाको जिम्मेवारी सम्हालेपछि उहाँलाई युवराजबाट हटाएर आफ्ना छोरालाई युवराज बनाउनुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार