• होमपेज
  • समाचार
  • बद्री तिमिल्सीनालाई राप्रपा प्रजातान्त्रिकले ग¥यो कारवाही, साधारण सदस्य समेत नरहनेगरी निष्कासन

बद्री तिमिल्सीनालाई राप्रपा प्रजातान्त्रिकले ग¥यो कारवाही, साधारण सदस्य समेत नरहनेगरी निष्कासन

  • शनिबार, कार्तिक १८, २०७४
बद्री तिमिल्सीनालाई राप्रपा प्रजातान्त्रिकले ग¥यो कारवाही, साधारण सदस्य समेत नरहनेगरी निष्कासन

चितवन,कार्तिक १८-

राप्रपा प्रजातान्त्रिकले पार्टीका चितवन जिल्ला अध्यक्ष वद्री तिमिल्सीनालाई कारवाही गरेको छ । आज बसेको जिल्ला कार्य समितीको पूर्ण बैठकले बद्री तिमिल्सीनालाई पार्टीवाट निष्कासन गरेको हो । पार्टीको सिद्धान्त विपिरित अनुशासन हिन काम गरेको भन्दै आजैका मिति बाटसाधारण सदस्य समेत नरहनेगरी पार्टी बाट निष्काशन गरेकोे विज्ञप्तीमा जनाइएको छ । शनिबार माडीमा आयोजित कार्यक्रममा तिमिल्सेना माओवादी केन्द्रमा प्रवेश गरेपछि पार्टीले कारवाही गरेको हो ।

बैठकले अध्यक्षको जिम्मेवारी उपाध्यक्ष विष्णु प्रसाद बाग्लेलाई दिएको छ। विज्ञप्तीमा राप्रपा प्रजातान्त्रिकका कोही पदाद्यिकारी तथा जिल्ला सदस्यहरु क्हिकतै नगएको जानकारी समेत स्पष्ट पारिएको छ । विज्ञप्तीमार्फत घटनाले चितवन जिल्लाको लोकतान्त्रिक गठबन्धनमा कुनै असर नपर्ने समेत अवगत गराइएको छ ।

राप्रपा प्रजातान्त्रिक चितवन जिल्लाका विभिन्न तहका पार्टीपंक्ति एवं शुभचिन्तकलाई कतै पनि बिचलीत नभई आ–आफ्नो क्षेत्र बाट लोकतान्त्रिक गठबन्धनका उमेदवारहरुलाई पूर्ण रुपमा सहयोग गर्न अपिल गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार