• होमपेज
  • समाचार
  • वडाध्यक्षका छोराले गरे बलात्कारः प्रहरीले देखाएन चासो

वडाध्यक्षका छोराले गरे बलात्कारः प्रहरीले देखाएन चासो

  • आइतवार, कार्तिक १९, २०७४
वडाध्यक्षका छोराले गरे बलात्कारः प्रहरीले देखाएन चासो

वीरगन्ज, कात्तिक १९ –

पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने युवा खुलेआमा घुमिरहेका छन् । घटना भएको एकसाता बित्न लाग्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो देखाएको छैन ।

किन गरिएन पक्राउ

किशोरीलाई सामूहिक बलात्कार गर्ने एक युवक वडा अध्यक्षका छोरा पनि रहेका कारण वडा अध्यक्षकै दबाबमा प्रहरीले उनीहरुलाई पक्राउ नगरेको हो । किशोरीलाई बलात्कार गर्ने वडा नम्बर ४ का अध्यक्ष जुमादीन अन्सारीका २२ वर्षीय मुख्तार अन्सारी र उनका एक साथीलाई प्रहरीले वडा अध्यक्ष जुमादीनको दबाबमा पक्राउ गर्न चासो नदेखाएको पीडित किशोरीका दाजुले बताए ।

उखु बारीमा बलात्कार

बलात्कृत किशोरीको संवेदनशील अंगलबाट अत्याधिक रक्तश्राव भइरहेकाले नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कात्तिक १२ गते उखु बारीमा बाख्राका लागि घाँस काट्न गएकी किशोरीलाई मोटरसाइकलमा सवार वडाध्यक्ष जुमादीनका छोरा मुख्तार र उनका साथी अन्सारी बाबुले जबरजस्ती समातेर मुख थुनी उखु बारीमा लगेर पालैपालो बलात्कार गरेका थिए ।

रातभर थुनेर राखे

किशोरीलाई बलात्कार गर्ने क्रममा ती दुवै युवकलाई उनीहरुका साथी हरिशंकर दास तत्वा, रुस्तम अन्सारी र ओली आलम अन्सारीले सघाएका थिए । जबरजस्ती करणी गरेपछि पीडित किशोरीलाई बेलुकी गाउँदेखि पर एकान्तमा रहेको ओली आलमको घरमा रातभर थुनेर राखेका थिए । घटनाको भोलिपल्ट कात्तिक १३ गते ओली आलम, रुस्तम र हरिशंकरले पीडित किशोरीलाई वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएर मोटरसाइकल दुर्घटनामा घाइते भएको भन्दै उपचार गराएर गाउँमा लगि छाडिदिएका थिए ।

कुटपिट गरी घाइते

घटनाका बारेमा थाहा पाएपछि पीडित किशोरीका अभिभावकले बलात्कार गर्ने मध्येका युवक मुख्तारका बुबा एवम् वडा अध्यक्ष जुमादिनसँग बुझ्दा जुमादिनले तीन जना छोराका साथमा आएर आफू, श्रीमती र छोरीलाई कुटपिट गरी घाइते बनाएको पीडित किशोरीका दाजुले बताए । अन्नपुर्ण पोष्टमा खबर छ ।

Facebook Comments

सम्बन्धित समाचार