• होमपेज
  • Uncategorized
  • रामचन्द्र पौडेलविरुद्ध बागी उठेका गोविन्दराज जोशीको उम्मेदवारी खारेज

रामचन्द्र पौडेलविरुद्ध बागी उठेका गोविन्दराज जोशीको उम्मेदवारी खारेज

  • शनिबार, कार्तिक १८, २०७४
रामचन्द्र पौडेलविरुद्ध बागी उठेका गोविन्दराज जोशीको उम्मेदवारी खारेज

काठमाडौं,कार्तिक १८ –

तनहुँ क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ। भ्रष्टाचार मुद्दामा मुछिएका नेता जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका विरुद्ध बागी उम्मेदवारी दिएपछि पौडेलले आयोगमा उनको उम्मेदवारी खारेजको माग गर्दै उजुरी दिएका थिए।

आयोगको शनिबार साँझ बसेको बैठकले जोशीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। शुक्रबार तनहुँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा आयोगबाट निर्देशन माग गरेको थियो।

Facebook Comments

सम्बन्धित समाचार