• होमपेज
  • समाचार
  • नयाँ शक्तिको समानुपातिक सूचीमा तेस्रालिंगी पिंकी गुरुङ

नयाँ शक्तिको समानुपातिक सूचीमा तेस्रालिंगी पिंकी गुरुङ

  • शनिबार, कार्तिक १८, २०७४
नयाँ शक्तिको समानुपातिक सूचीमा तेस्रालिंगी पिंकी गुरुङ

काठमाडौं,कार्तिक १८ –

नयाँ शक्ति पार्टी नेपालले तेस्रालिंगी पिंकी गुरुङलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । नयाँ शक्तिले निर्वाचन आयोगमा पठाएको सूचीमा गुरुङको नाम ६ नम्बरमा छ ।

आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको सूचीमा गुरुङको नाम ३ हजार ४७४ नम्बरमा रहेको छ । नयाँ शक्ति नेपालले ३२९ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरेको छ । गुरुङको नागरिकताको नाम सञ्जिव गुरुङ हो ।

पार्टी गठनको सूरू देखि नै नयाँ शक्तिमा सक्रिय रहेकी गुरुङ केन्द्रीय परिषद सदस्य पनि हुन् । अन्य कुनै पनि दलले तेस्रोलिंगीलाई उमेदवार बनाएका छैनन् ।

Facebook Comments

सम्बन्धित समाचार