• होमपेज
  • समाचार
  • चुनाव जिते राज्यको सेवा सुविधा नलिने काँग्रेसका उम्मेदवारको कार्कीको घोषणा

चुनाव जिते राज्यको सेवा सुविधा नलिने काँग्रेसका उम्मेदवारको कार्कीको घोषणा

  • शनिबार, कार्तिक १८, २०७४
चुनाव जिते राज्यको सेवा सुविधा नलिने काँग्रेसका उम्मेदवारको कार्कीको  घोषणा

सोलुखुम्बु, कात्तिक १८ –

सोलुखुम्बुबाट आसन्न प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशसिं कार्कीले चुनाव जितेर सांसद भए कुनै पनि सरकारी सुविधा नलिने बताउनुभएको छ ।

नेपाली काँग्रेसबाट प्रदेश सभा (क) का उम्मेदवार कार्कीले आफू निर्वाचित भए सरकारबाट प्राप्त कुनै पनि सेवा सुविधा नलिने बताउनुभएको हो ।

सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार कार्कीले आफू सफल व्यवसायी भएकाले सांसद बनेर आफ्नो लागि केही कमाउ भन्ने सोच नभएको बताउनुभयो ।

आफूलाई पुग्ने सम्पत्ति आर्जन भइसकेको भन्दै उहाँले भन्नुभयो, “मेरो जीवनयापनका लागि यसै सहज छ तर बाँकी समय राजनीतिबाट जनताको सेवामा समर्पण गर्नेछु ।”

उहाले सांसदबापत प्राप्त सम्पूर्ण राज्यको सेवा सुविधा विपन्न परिवारका लागि खर्च गर्ने बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार