• होमपेज
  • समाचार
  • बाम गठबन्धनका विद्यार्थी संगठनद्धारा चितवनमा निर्वाचन परिचालन समिती गठन

बाम गठबन्धनका विद्यार्थी संगठनद्धारा चितवनमा निर्वाचन परिचालन समिती गठन

  • शुक्रबार, कार्तिक १७, २०७४
बाम गठबन्धनका विद्यार्थी संगठनद्धारा चितवनमा निर्वाचन परिचालन समिती गठन

चितवन,कार्तिक १७-

अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकार) चितवनले बाम गठबन्धनका उम्मेद्वार जिताउ अभियान सुरु गरेका छन् । दुवै संगठनको आज वसेको संयुक्त वैठकले मुल निर्वाचन परिचालन समिती गठन गरेको छ । अनेरास्ववियुकी स्थायी कमिटी सदस्य निशा अधिकारीको संयोजकत्वमा दुवै कमिटीका केन्द्रिय सदस्य,प्रदेश कमिटीका सदस्य र जिल्ला कमिटीका पदाधिकारी रहने गरी समिती गठन गरेको अनेरास्ववियु चितवनका अध्यक्ष देव प्रसाद पाठकले जानकारी दिए ।

दुवै अध्यक्ष संयोजक रहेने गरी १ हजार १ सय ११ सदस्य प्रचार प्रसार समिती समेत गठन गरिएको उनले वताए । जिल्लाका ३ बटा प्रतिनिधी सभाका निर्वाचन क्षेत्र र ६ वटा प्रतिनिधी सभाका निर्वाचन क्षेत्रमा छिट्टै छुट्टाछुट्टै निर्वाचन परिचालन समिती गठन गरिने उनले जानकारी दिए ।

अनेरास्ववीयुकी केन्द्रिय अध्यक्ष नविना लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमोले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल,माओवादी केन्द्रका जिल्ला इन्चार्ज इश्वरी भट्राई लगाएतको उपस्थिती रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार