• होमपेज
  • समाचार
  • सेन्चुरी बैंकको सिइओ बने अनिल शाह

सेन्चुरी बैंकको सिइओ बने अनिल शाह

  • शुक्रबार, कार्तिक १७, २०७४
सेन्चुरी बैंकको सिइओ बने अनिल शाह

काठमाडौं, कार्तिक १७ –

सेञ्चुरी कमर्सियल बैंकले अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृत अर्थात सिइओ नियुक्त गरेको छ ।
सेञ्चुरीको सञ्चालक समितिको हिजो बसेको बैठकको निर्णय अनुसार शुक्रबारदेखि लागु हुने गरेर शाहलाई सिइओ नियुक्त गरिएको हो । अनुजमणि तिमल्सिनाले राजिनामा गरेपछि सेञ्चुरी बैंक सिइओको खोजीमा थियो । सेञ्जुरीको नयाँ सिइओ बनेका शाह यसअघि मेगा बैंकको सिइओ हुनुहुन्थ्यो । मेगा बैंकका दोश्रो कार्यकाल सकिन एक महिना बाँकी छँदा शाह सेञ्चुरीमा पुग्नु भएको हो ।
बैंक तथा वित्तीय संस्था सञ्चालन सम्बन्धीको नयाँ ऐन अनुसार कुनै पनि व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न पाउँदैन । नेपाल बैंकर एशोसिएसनका अध्यक्षसमेत रहेका शाहले स्टान्डर्ड चार्टड र नबिल बैंकमा पनि काम गरिसक्नु भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा