• होमपेज
  • समाचार
  • चिम्पाञ्जी तस्करीमा ५० हजार घुस खाने भन्सार कर्मचारीमाथि सिआइबीले अनुसन्धान गर्ने

चिम्पाञ्जी तस्करीमा ५० हजार घुस खाने भन्सार कर्मचारीमाथि सिआइबीले अनुसन्धान गर्ने

  • शुक्रबार, कार्तिक १७, २०७४
चिम्पाञ्जी तस्करीमा ५० हजार घुस खाने भन्सार कर्मचारीमाथि सिआइबीले अनुसन्धान गर्ने

काठमाडौं,कार्तिक १७ –

घुस खाएर चिम्पाञ्जी तस्करीमा सघाएको आरोपमा एयरपोर्ट भन्सार कार्यालयका कर्मचारीमाथि छानबिन गर्ने अधिकार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पाएको छ। यसअघि जिल्ला वन कार्यालयले उनीहरुमाथि अनुसन्धान गर्दै आएकोमा जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुमाथि संगठित अपराध ऐनअनुसार मुद्दा चलाउन सिआइबीलाई अधिकार दिएको हो।

तस्करीमा सहयोग गर्ने भन्सारका तीन कर्मचारी निलम्बनमा परिसकेका छन्। अधिकृत आशुतोष राई तथा नायब सुब्बाद्वय चूणामणि शर्मा र लीला पनेरुलाई भन्सार कार्यालयले निलम्बन गरेको हो। उनीहरु हाल फरार छन्।

जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गरी उपसचिव धुव्र विश्वकर्माको संयोजकत्वमा भन्सार कार्यालयले छानबिन समिति गठन गरी आन्तरीक अनुसन्धान गरिरहेको छ।

सिआइबीले विमानस्थलबाटै पास भएको दुई वटा चिम्पाञ्जी, ६ वटा बाँदर र चराहरुसहित ६ जनालाई गत असोज ३१ गते पक्राउ गरेको थियो। उनीहरुले भन्सार कर्मचारीलाई घुस खुवाएर चिम्पाञ्जी तस्करी गरेको बताएका थिए। सोही आधारमा त्यसबेला ड्युटीमा रहेका तीन कर्मचारी निलम्बनमा परेका हुन्।

चिम्पाञ्जी तस्करीमा उनीहरुले ५० हजार घुस लिएका थिए।

सिआइबीले सञ्जीव भारती र राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फएन र शरिफ सहिन तथा पाकिस्तानी नागरिक आवेद अस्लामा खानलाई पक्राउ गरेको थियो।

अन्तरदेशीय र संगठित प्रकृतिको अपराध भएकाले सरकारी वकिल कार्यालयले उनीहरुमाथि संगठित अपराध ऐन आकर्षित हुने ठहर गरेको छ। सिआइबीले अब उनीहरुमाथि ६० दिनसम्म थुनामा राखी अनुसन्धान गर्न पाउँछ।

Facebook Comments

सम्बन्धित समाचार