• होमपेज
  • मनोरञ्जन
  • नायिका प्रियंका विश्वकै सय शक्तिशाली महिलाको सूचीमा

नायिका प्रियंका विश्वकै सय शक्तिशाली महिलाको सूचीमा

  • शुक्रबार, कार्तिक १७, २०७४
नायिका प्रियंका  विश्वकै सय शक्तिशाली महिलाको सूचीमा

एजेन्सी,कार्तिक १७ –

बलिउडकी ‘देशी गर्ल’का रूपमा परिचित नायिका प्रियंका चोपडा विश्वकै सय शक्तिशाली महिलाको सूचीमा परेकी छन् । बलिउडबाट हलिउडको यात्रामा संघर्षरत प्रियंकालाई ‘फोब्र्स’ पत्रिकाले सार्वजनिक गरेको सय शक्तिशाली महिलाको सूचीमा ९७ औं स्थानमा परेकी छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार समग्र सूचीमा प्रियंका ९७ औं स्थानमा परे पनि मनोरञ्जन र मिडियाको शक्तिशालीको सूचीमा उनी १५ औं स्थानमा छिन् । प्रियंका हाल अमेरिकामा आफ्नो टेलिभिजन शो ‘क्वान्टिको’को तेस्रो सिजनको सुटिङमा छिन् । यसबाहेक उनी दुई हलिउड फिल्म ‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’मा पनि देखिँदैछिन् ।

यसै वर्ष रिलिज भएको हलिउड फिल्म ‘बेवाच’ मा अभिनेता ड्वेन जोनसन द रोकका साथ देखिएकी प्रियंकाले फिल्ममा भिलेनको चरित्र निभाएकी थिइन् ।

उनी सबैभन्दा बढी कमाई गर्ने टेलिभिजन नायिकाको सूचीमा पनि आठौं स्थानमा आएकी छन् । गत वर्ष उनी यो सूचीमा दशौं स्थानमा थिइन् । उनी गत वर्ष बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने नायिकाको ७ औं स्थानमा थिइन् । यो सूचीमा सामेल उनी बलिउडकी पहिलो नायिका हुन् ।

फोब्र्सको शक्तिशाली महिलाको सूचीमा नम्बर एकमा जर्मन चान्सलर एञ्जेला मार्केल छिन् । यो सूचीमा पप गायिका वियोन्से नोवेल्स ५० औं स्थानमा छन् । त्यस्तै हलिउड नायिका टेलर स्विफ्ट ८५ औं र ‘ह्यारी पोटर सीरीज’की लेखिका जेके रोलिङ १३ औं स्थानमा छिन् ।

Facebook Comments

सम्बन्धित समाचार