• होमपेज
  • समाचार
  • तीन किलो चरेशसहित तीनजना पक्राउ

तीन किलो चरेशसहित तीनजना पक्राउ

  • शुक्रबार, कार्तिक १७, २०७४
तीन किलो चरेशसहित तीनजना पक्राउ

भीमदत्तनगर,कार्तिक १७ –

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आज कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया बजारबाट तीन किलो २०० ग्राम लागुऔषध चरेशसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भीमदत्तनगरबाट प्रहरी नायब निरीक्षक अंक बुढाको नेतृत्वमा खटिएको टोलीले अत्तरिया बजारबाट चरेशसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा स्थानीयवासी सरेशराम विक, गणेश भट्टराई र यज्ञबहादुर सिंह रहेको प्रहरी नायब निरीक्षक बुढाले बताउनुभयो ।

पक्राउ गरिएको अभियुक्त र चरेशसहित कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाएको ब्युरोले जनाएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार