• होमपेज
  • समाचार
  • टाटा बोलेरो पल्टिँदा एकको मृत्यु

टाटा बोलेरो पल्टिँदा एकको मृत्यु

  • शुक्रबार, कार्तिक १७, २०७४
टाटा बोलेरो पल्टिँदा एकको मृत्यु

राजविराज,कार्तिक १७ –

काठमाडौँबाट दमकतर्फ जाँदै गरेको मे १ ज २७९१ नं को टाटा बोलेरो सप्तरीको भारदहस्थित पूर्व–पश्चिम राजमार्गमा आज पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–३ बस्ने २८ वर्षीय इन्द्रदेव उराउ रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । त्यसमा सवार अन्य दुईजना घाइते भएको छ र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सडकामा रहेका गाई गोरु बचाउने क्रममा टाटा बोलेरो सडकबाट पल्टेको थियो । – रासस

Facebook Comments

सम्बन्धित समाचार