• होमपेज
  • समाचार
  • नेता रामचन्द्र पौडेलविरुद्ध कांग्रेसकै नेता गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारी

नेता रामचन्द्र पौडेलविरुद्ध कांग्रेसकै नेता गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारी

  • बिहिबार, कार्तिक १६, २०७४
नेता रामचन्द्र पौडेलविरुद्ध कांग्रेसकै नेता गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारी

तनहुँ,कार्तिक १६ –

तनहुँमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध कांग्रेसकै नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । वाजागाजा र कार्यकर्ताको र्‍यालीसहित नेता जोशीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
भ्रष्ट्राचारको आरोप लागेका जोशीलाई कांग्रेसले टिकट नदिएपछि जोशीले स्वतन्त्र उम्मेद्वारी दिनुभएको हो । उम्मेदवारी दर्ताका क्रममा नेता जोशीले आफू नै नेपाली कांग्रेसको आधिकारीक उम्मेद्वार भएको प्रतिक्रिया दिनुभयो ।
कांग्रेसमा विपी कोइरालाको विचार मास्नेहरु हावी भएको भन्दै नेता जोशीले विपीको विचार जोगाइराख्न आफुले उम्मेद्वारी दिएको बताउनुभयो । ‘पार्टीमा विपीको विचार संकटमा पारिएको छ, त्यसलाई जोगाउन मलाई नै जनताले दवाव दिएकोले मैले उम्मेदवारी दिएको हुँ’ नेता जोशीले उज्यालोसँग भन्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार