दाङ,कार्तिक १६-
चर्चित गायिका कोमल ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।
उनी हालै मात्र राप्रपा छाडेर एमाले प्रवेश गरेकी थिइन् । त्यसबेला समानुपातिक वा प्रत्यक्ष मध्ये एकमा उम्मेदवार बनाउने आश्वासन दिएपनि कार्यान्वयन नभएकाले चुनाव लड्ने निर्णयमा पुगेको ओलीले बताइन् ।
‘म राप्रपाको केन्द्रीय सदस्य थिएँ । एमाले आउँदा कि समानुपातिक नभए प्रत्यक्षमै टिकट दिनु भनेको थियो’ उनले भनिन्, ‘हिजो शंकर पोखरेलले फोन गरेर मैले सकिँन भन्नुभयो । अब स्वतन्त्र उम्मेदवारी दिन्छु ।’
फाइल फोटो