• होमपेज
  • समाचार
  • उपप्रधानमन्त्री थापाद्धारा उम्मेदवारी दर्ता

उपप्रधानमन्त्री थापाद्धारा उम्मेदवारी दर्ता

  • बिहिबार, कार्तिक १६, २०७४
उपप्रधानमन्त्री थापाद्धारा  उम्मेदवारी दर्ता

हेटौँडा,कार्तिक १६ –

उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले ३ नं प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी आज मुख्य निर्वाचनको कार्यालय हेटौँडामा दर्ता गराउनुभएको छ ।

उहाँले त्यस अवसरमा मुलुकमा वाम गठबन्धनबाट उत्पन्न भएको परिस्थितिले नेपाली काँग्रेसको नेतृत्वमा राप्रपाले सहकार्य गर्दै जाने बताउनुभयो ।

उहाँले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी छनोट गर्ने क्रममा काँग्रेस र राप्रपाको बीचमा सामान्य वादविवाद रहे पनि लोकतान्त्रिक गठबन्धनमा कुनै पनि असर नपुग्ने स्पष्ट पार्नुभयो ।

उम्मेदवारी दर्ता गर्न थापा आज राप्रपा पार्टी कार्यालयबाट एक ¥यालीका साथ मुख्य निर्वाचनको कार्यालयमा आइपुग्नुभएको थियो ।- रासस

Facebook Comments

सम्बन्धित समाचार