• होमपेज
  • समाचार
  • माधव नेपालले काठमाडौं २ बाट मनोनयन दर्ता गरे

माधव नेपालले काठमाडौं २ बाट मनोनयन दर्ता गरे

  • बिहिबार, कार्तिक १६, २०७४
माधव नेपालले काठमाडौं २ बाट मनोनयन दर्ता गरे

काठमाडौं, कार्तिक १६ –

नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिलाई सहि दिशामा हिडाउन आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । काठमाडौं २ बाट प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दर्ता गराउँदै एमाले नेता नेपालले देशलाई समृद्धिको दिशामा हिडाउन उम्मेदवारी दिएको बताउनुभएको हो ।

यसअघिका चुनावमा रौतहटबाट समेत उम्मेदवारी दिने गरेका नेता नेपालले काठमाण्डूका नागरिकबाट बढी माया पाएको भन्दै काठमाडौंबाटै उम्मेदवारी दिएको समेत बताउनुभयो । काठमाडौंबाट चुनाव जिते राष्ट्रिय राजनीतिमा बढी भूमिका खेल्न सक्ने आँकलन गरेर काठमाडौंबाटै उम्मेदवारी दर्ता गरेको उहाँको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार