• होमपेज
  • समाचार
  • प्रचण्डविरुद्ध चितवन ३ मा वैद्य माओवादीले उठायो ‘गोर्खाली’लाई

प्रचण्डविरुद्ध चितवन ३ मा वैद्य माओवादीले उठायो ‘गोर्खाली’लाई

  • बिहिबार, कार्तिक १६, २०७४
प्रचण्डविरुद्ध चितवन ३ मा वैद्य माओवादीले उठायो ‘गोर्खाली’लाई

चितवन,कार्तिक १६-

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वैद्य माओवादीले पनि अधिकांश स्थानमा उम्मेदवारहरु उठाएको छ । उसले ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ (देजमो)को नामबाट उम्मेदवारी दिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध टंक रेग्मी ‘गोर्खाली’लाई देजमोले चुनावी मैदानमा उतारेको छ । प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा चुनाव लड्दैछन् ।

उनीसँग चुनाव लड्न लागेका रेग्मी शहीद परिवार हुन् । उनकी श्रीमती जनयुद्धकालमा राज्यपक्षबाट मारिएकी थिइन् । रेग्मी वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको सल्लाहकार हुन् ।

वैद्य माओवादीका नेता एवम् देजमोका संयोजक सीपी गजुरेलले प्रचण्डविरूद्ध ‘गोर्खाली’ लाई उम्मेदवार बनाइएको जानकारी दिए । उनले ९५ प्रतिशत उम्मेदवारी टुंगो लागिसकेको पनि बताए ।

Facebook Comments

सम्बन्धित समाचार