• होमपेज
  • अर्थ/वाणिज्य
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन, आजदेखि पुरानै मूल्य कायम हुने

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन, आजदेखि पुरानै मूल्य कायम हुने

  • बिहिबार, कार्तिक १६, २०७४
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन, आजदेखि पुरानै मूल्य कायम हुने

काठमाडौं, कार्तिक १६–

प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन निर्देशन दिएका छन् ।

निर्वाचनको मुखमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै आक्रोशित प्रधानमन्त्री देउवाले पुरानै मूल्य कायम गर्ने निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशनपछि आज बिहानै आयल निगमको आकस्मिक बैठक बसेको छ । प्रधानमन्त्रीको ठाडो निर्देशनपछि आजदेखि पुरानै मुल्य कायम गरिने आयल निगम स्रोतले जनाएको छ ।

निगमले हिजो पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार