• होमपेज
  • समाचार
  • चितवन २ मा टिकट नपाएपछि बादल चुनावी मैदानबाटै बाहिरिए

चितवन २ मा टिकट नपाएपछि बादल चुनावी मैदानबाटै बाहिरिए

  • बिहिबार, कार्तिक १६, २०७४
चितवन २ मा टिकट नपाएपछि बादल चुनावी मैदानबाटै बाहिरिए

चितवन, कार्तिक १६–

नेकपा माओवादी (केन्द्र)का नेता रामबहादुर थापा ‘बादल’ चितवन क्षेत्र नं.२ मा टिकट नपाएपछि चुनावी मैदानबाटै बाहिरिएका छन् ।
लामो रस्साकस्सीपछि चितवन–२ मा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले टिकट पाएपछि रुष्ट बनेका बादल चुनाव नलड्ने निर्णयमा पुगेका हुन्।

चितवन–२ मा माओवादी र एमाले दुबैको अन्तिम समयसम्म दाबी थियो।  माओवादीले बादललाई काठमाडौं– १० वा नवलपरासी –१ मा लड्न सुझाएको थियो। बादलले भने यसपालि चुनावै नलड्ने निर्णय गरे। माओवादी प्रवक्ता पम्फा भूषालले बादल नलड्ने पुष्टि गरिन्।

२०६४ सालको संविधान सभामा बादलले तत्कालिन चितवन–२ बाट चुनाव जितेका थिए। दोस्रो संधिवान सभा चुनाव उनी संलग्न रहेको मोहन वैद्य नेतृत्वको माओवादीले बहिष्कार गरेको थियो।

Facebook Comments

सम्बन्धित समाचार