• होमपेज
  • समाचार
  • विवेकशील साझा पार्टीद्धारा थप उम्मेदवारको घोषणा

विवेकशील साझा पार्टीद्धारा थप उम्मेदवारको घोषणा

  • बुधबार, कार्तिक १५, २०७४
विवेकशील साझा पार्टीद्धारा थप उम्मेदवारको घोषणा

काठमाडौं, कार्तिक १५ –

विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नम्बर २ सहित थप केही ठाउँमा उम्मेदवारको टुंगो लगाएको छ। प्रतिनिधिसभाका लागि काठमाडौं २ बाट सूर्यराज आचार्य उम्मेदवार बन्ने भएका छन् ।

पछिल्लो पटक सार्वजनिक गरिएको उम्मेदवार सूची अनुसार ललितपुर २ बाट आमिरराज महर्जन र ललितपुर ३ बाट उज्ज्वलकृष्ण श्रेष्ठ उम्मेदवार हुँदैछन्।

त्यस्तै प्रदेशसभाका लागि काठमाडौं १ ९क० बाट समिक्षा बास्कोटा र ९ख० बाट पुरुषोत्तम ढुंगेल उम्मेदवार हुनेछन्। प्रदेश सभाकै लागि काठमाडौं २ ९ख० बाट ऋषिका भट्टराई उम्मेदवार हुनेछिन्।

यसअघि पनि काठमाडौंका ६ क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी घोषणा गरिसकेको थियो।

Facebook Comments

सम्बन्धित समाचार