• होमपेज
  • समाचार
  • नवविवाहिताले लस्सीमा विष मिसाएर गरिन् श्रीमानसहित परिवारका १५ जनाको हत्या

नवविवाहिताले लस्सीमा विष मिसाएर गरिन् श्रीमानसहित परिवारका १५ जनाको हत्या

  • बुधबार, कार्तिक १५, २०७४
नवविवाहिताले लस्सीमा विष मिसाएर  गरिन् श्रीमानसहित परिवारका १५ जनाको हत्या

काठमाडौँ,कात्तिक १५ –

पाकिस्तानीमा एक महिलालाई श्रीमानसहित परिवारका १५ जनालाई विष मिसाएको लस्सी खान दिएर मारेका आरोपमा प्रहरीले पक्राउ गरेको छ । नवविवाहिता महिलाले श्रीमानसहित परिवारका सदस्यलाई लस्सीमा विष मिलाएर दिएको र त्यसकै कारण उनीहरुको ज्यान गएको आरोप लागेको छ ।

पाकिस्तानको मुजफ्फरगढ जिल्लाका एक प्रहरी अधिकारीले पक्राउ परेकी महिलाको नाम आसिया बिबी रहेको बताएका छन् । आसियाले श्रीमानलाई विष राखेको दूध दिएको तर श्रीमानले त्यसबेला दूध पिएका थिएनन् । पछि आसियाकी सासुले त्यही दूध लस्सीमा मिसाएर परिवारका २७ सदस्यलाई दिएकी थिइन् । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा एक पुरुषलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति आसियाका प्रेमी रहेको गाउँलेले बताएका छन् । आसियाकी काकीलाई पनि हत्याको योजना बनाउन सहयोग गरेको आरोपमा पक्राउ गरिएको छ । विष मिसाइएको लस्सी खाएका १५ जनाको ज्यान गएको छ भने अरु १२ जना बिरामी भएका छन् । उनीहरुको मुल्तानमा रहेको अस्पतालमा उपचार भइरहेको छ ।

२१ वर्षकी आसियाको गएको सेप्टेम्बरमा २५ वर्षका अम्जद अक्रामसँग परिवारले विवाह गराएका थिए । आसिया झण्डै दुई महिना माइतीमा नै बसेकी थिइन् । तर परिवारको करमा उनी घर आएकी थिइन् । आसियाले पहिले दूधमा माउसुली खसेको बताएकी थिइन् । तर पछि उनले आफूले नै दूधमा विष मिसाएको स्वीकार गरेको प्रहरीले बताएको छ ।

Facebook Comments

सम्बन्धित समाचार